सिरहा फागुन १५ गते । मधेशमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विरुद्ध गतिविधि गर्दै आएको रैथाने एकता परिषद्लाई नेकपा एमालेले नै गठन गराएको खुलासा भएको छ । रैथाने एकता परिषद एमालेबाटै परिचालित भएको रहस्य खुलेको छ ।
मधेसी जनतालाई भड्काउने र मधेसी मोर्चाका नेताहरुलाई बदनाम गराउन एमालेको सहयोगमा परिषद् गठन भएको हो ।
एमालेले सुरुमा मधेस र मधेसी मोर्चाको विरुद्वमा बोल्न तथा टक्कर दिन चूरे भावर नामको संगठन खडा गर्यो । तर पछिल्लो समय चूरे भावरको गतिविधि कमजोर बनेपछि अहिले एमालेले रैथाने एकता परिषद जन्माएको छ । एमालेले पार्टीका संगठित सदस्य सन्तोष बराइलीलाई संयोजकको रुपमा उभ्याएर मधेश र मधेशी मोर्चा विरुद्व विभिन्न गतिविधि गर्न उस्काइरहेको छ ।
मधेस आन्दोलनको उद्गम स्थल लहानलाई नै आफ्नो मुख्य कार्यक्षेत्र ठानेर परिषदले मधेसविरुद्ध अनेक हर्कत गरिरहेको छ । परिषदका संयोजक बराइली लहानमा मधेस र मधेसी मोर्चाका नेताहरुविरुद्ध विभिन्न गतिविधि समेत गरेको हो । स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु विरुद्ध विभिन्न गतिविधि गर्न परिषदलाई एमालेले रकम उपलब्ध गराउँदै आएको छ ।
लहानमा र्याली निकाल्दा सहभागीलाई एमालेले नै पेट्रोल बाड्ने गरेको छ । साँझमा सबै सहभागीलाई होटलमा लगेर मासु र दारु समेत खुवाउने गरेको भेटिएको छ । सोही कारण लोभमा परेर सिरहाका केही थारु र केही पहाडी मूलका यूवा परिषदमा आवद्ध छन् । लहानमा जुलुस निकाल्दा कटारीबाट समेत यूवाहरु आउँछन् । कटारीबाट आउने यूवाहरु एमाले कार्यकर्ता रहेको स्रोतको दाबी छ ।
को हुनुहुन्छ बराइली ?
परिषद्का संयोजक उदयपुर कटारी घर भएका संतोष बराइली हुनुहुन्छ । एमाले पार्टीका संगठित सदस्य रहेका बराइली प्रेस चौतारीका केन्द्रिय सदस्य पनि हुनुहुन्छ । सिरहाबाट प्रकाशित नवसंग्राम दैनिकका हकर (पत्रिका वितरण) को काम गर्नुहुन्थ्यो । लहानबाट काठमाडौं छिरेपछि एमाले नेताहरुलाई अगाडि पछाडि गर्न थाल्नुभयो । कुनै मिडियामा औपचारिक रुपमा काम नगर्ने बराइली पत्रकारको धाक लगाउँदै विभिन्न गलत हर्कत गरेर चर्चामा रहिरहने पात्र हुनुहुन्छ उहाँ ।
उहाँ एमालेको संरक्षणमा पत्रकारको खोल ओढेर विभिन्न संघसंस्था तथा व्यावसायीहरुलाई धम्काउँदै रकम उठाउने गरेको स्रोतको दाबी छ । सोही कारण उनी पछिल्लो पटक एमालेबाट परिचालित भएर रैथाने एकता परिषद गठन गर्नुभएको छ । र मधेसी मोर्चा विरुद्ध विभिन्न हर्कत गर्दै आउनु भएको छ ।
बराइली एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुनुहुन्छ । उहाँ ओलीसँगै रहेको तस्विर फेसबुकमा पनि राख्नुभएको छ । यसले थप पुष्टि हुन्छ कि बराइली एमालेका कार्यकर्ता हुनुका साथै एमालेबाट परिचालित रहेको रहस्य सार्वजनिक भएपछि रैथाने एकता परिषद्को भण्डाफोर भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले बताउनुभयो ।

No comments: