» » बुहारीलाई भेट्न उपेन्द्र यादव दिल्ली प्रस्थान

काठमाडौं फागुन ८ गते । संघीय समाजबादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादव आज दिँउसो २ः४० बजे दिल्ली प्रस्थान गर्नुभएको छ ।

दिल्लीको एम्स अस्पतालमा उपचार गराई रहनु भएका बुहारीलाई उहाँ इन्डिगो विमानबाट दिल्ली उड्नु भएको हो । दिल्लीस्थित एम्स हस्पिटलमा डेढ महिनादेखि बुहारीको क्यान्सर उपचार भइरहेकोले छोरा बुहारी भेट्न जानु भएको उहाँका प्रेस सल्लाहाकार महेश चौरसियाले जानकारी दिनुभयो ।

केही महिना पहिलो बुहारीलाई सुत्केरीका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ ढाडका समस्या देखिएपछि कही दिन त्यही भर्ना गरियो । धेरैसमयसम्म त्यही उपचार भयो तर निको नभएपछि दिल्लीस्थित एम्समा लगेपछि क्यान्सरको आशंका गरिएको छ ।

उपेन्द्र यादवको घरायसी स्रोतले भन्यो, उपेन्द्र यादव एक डेढ महिनादेखि जाने तयारी गरिरहनु भएको थियो तर राजनीतिक दौडधुपका कारण जान पाइरहनु भएको थिएन, आज बल्ल उहाँ जानु भयो ।

उहाँले दिल्लीमा भएका बेला राजनीतिक भेटघाट हुने सम्भावना पनि रहेको छ । उहाँ फागुन ११ गते स्वदेश फर्किनु हुन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..