» » प्रचण्डलाई महन्थले रोक्नुभयो सिम्रौनगढ जान


काठमाडौ फागुन १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बाराको सिम्रौनगढ नजानका लागि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सुझाव दिनुभएको छ ।

तमलोपाका अध्यक्ष ठाकुरले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत त्यस्तो सुझाव दिएको सो पार्टीका महासचिव जितेन्द्र सिंहले जानकारी गराउनुभयो ।

अध्यक्ष ठाककुरले आज गृहमन्त्री निधिलाई फोन गरि भन्नुभयो, ‘फागुन १६ गते सिम्रौनगढमा हुने कार्यक्रममा सहभागि हुनबाट प्रधानमन्त्री प्रचण्डलाई रोक्नुस्, त्यहाँका जनता निकै आक्रोशित छन् ।’

जवाफमा गृहमन्त्री निधिले सिम्रौनगढको अवस्था बारे आफूले बुझने र प्रमलाई आवश्यक सल्लाह दिने बताउनु भएको थियो ।

सविधान संशोधन नगरि चुनावको मिति घोषणा गरेकाले बाराका जनता आक्रोशित रहेको ठाकुरको भनाई थियो ।

फागुन १६ सुपर फिस जोन कार्यालयको उद्घाटन कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड यहाँ जाने कार्यक्रम रहेको छ
–ratopati

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..