» » नगरपालिकामा तेस्रो दिन पनि तालाबन्दी

धनवीर महतो
महोत्तरी, माघ २६ गते । महोत्तरीस्थित गौशाला नगरपालिका कार्यालयमा स्थानीयहरुले लगाएको तालाबन्दी वुधबार तेस्रो दिन जारी रहेको छ ।

गौशाला नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले मनपर्दी ढंगले कामकाज गर्दै आएकोप्रति असन्तुष्ट जनाउदै स्थानियवासीहरुले गत सोमबार कार्यालयको मुलगेटमा लगाईएको ताला आज समेत यथावत रहेको छ ।

स्थानियहरुले नगरपाािलकाको कार्यप्रति असन्तुष्ट जनाउदै कार्यकारी अधिकृत शम्भु ठाकुरलाई नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने, नगर विकासमा हुने हरेक कामकाज कमिशनमा नभई कामको मुल्यांकन अनुसार हुनुपर्ने, वडा कार्यालयलाई सञ्चालनमा ल्याई वडा सचिवलाई तोकिएको स्थानमा गई कार्यसम्पादन गर्नुपर्ने सहितमा ३ बुँदे माग राख्दै गत सोमबार स्थानियहरुले कार्यालयमा ताला लगाईएका थिए ।

कार्यालयका उच्च तहका कर्मचारीहरु कार्यालय आउन छाडयो भने तल्लो तहका कर्मचारीहरु नियमित रुपमा कार्यालयको परिसरमा वसेर नियमित रुपमा कार्यालय आउने गर्दछ । यहाँ कार्यरत कर्मचारीहरु स्थानिय कर्मचारी युनियन केन्द्रिय तहको आन्दोलनलाई सफल पार्नका लागि टाउकोमा कालोपटटी बाधेर विरोध प्रर्दशनमा उत्रेका छन् ।

 निजामति कर्मचारी सरह सेवा सुविधाको माग गर्दै देशभरिमा जारी आन्दोलनमा समर्थनमा यहाँका कर्मचारीहरु समेत विरोधस्वरुप नगरपालिकाका परिसरमा बसि आन्दोलनमा सरिक भएका छन् ।

यतातिर  नगरपालिकामा लागेको ताला खुलाउनका लागि अहिलेसम्म पनि कतैबाट कुनै किसिमको पहल हुनसकेको छैन । जसको कारण हरेक दिन काम गराउनका लागि आउने दर्जनौ सर्वसाधारण सेवाग्राहीहरु  काम नगराईकन खाली हात घर फर्किनलाई बाध्य भएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..