» » अन्ततः पढ्न पाइन् अमृताले


धनवीर महतो
महोत्तरी, माघ २७ गते । घरपरिवारले केटा पक्षलाई दाइजोमा भैंसी दिन नसक्दा  घरबाट निकालिएका अमृता कापरले अब पढेर ठूलो मान्छे भइ समाज सुधार गर्ने आँट गरेकी छिन् ।

महोत्तरी बर्दिबास नगरपालिका ८ फूलबारी टोलकी अमृता कुमारी कापर अब पढेर दाइजो बिरुद्ध लड्ने कसम लिएकी छिन् । उनलाई पढ्नका लागि सिद्धार्थ बिजनस गु्रप काठमाँडौंले सहयोग गरेपछि उनमा सो आँट आएको हो ।

अमृताको घरमै पुगेर सिद्धार्थ गु््रपले पढाउन  पहिलो चरणमा १५ हजारको चेक हस्तान्तरण गरेको छ ।

अमृतको बुवा रामप्रकाश कापरले छोरी अमृताको विवाहमा भैंसी दिन नसक्दा उनको छोरीको सम्पन्न भइसकेका विवाह माघ ११ गते बिथोलिएको थियो । उनले अब पढेर ठूलो मान्छे बनी  विकृति विरुद्ध लड्ने गरेको प्रण लिएपछि पढ्नका लागि उनलाई सिद्धार्थ बिजनस् गु्रपको साकार नामक संस्थाले सघाएको छ ।

 सिद्धार्थ बिजनस् ग्रुपका चेयरमेन लक्ष्मण न्यौपानेले अमृतले जति पढे आफ्नै बिजनेस गु्रपले पढाइ दिने बताएका छन् ।

गरिवीले कक्षा ९ मा पढाई छाडेकी अमृताको बुवाले दाइजोमा भैंसी नदिएका कारण उनको सिउँदो पुछिएको थियो । अमृताले दाइजो नलिने केटासंग मात्र विवाह गर्ने प्रण गरेकी छिन्  ।

अमृताका वुवाले छोरीको विवाह गर्न खेत बेचेर ज्वाईलाई मोटरसाइकल, नगद र सरसमान गरि ४ लाख ५० हजार दाइजोमा खचेएका थिए । तर उनका ज्वाई धनुषाको कान्छीबजार ९ का रौदी कापरले दाइजोमा लौनी भैंसी आफ्नो ससुराले नदिको भन्दै  सिन्दुर हालिसकेकी अमृतालाई माघ ११ गते छाँडेका थिए ।

माघ ९ गते मात्रै अमृताको धुमधामका साथ विवाह सम्पन्न भएको थियो ।
अमृताको पढ्ने सपनालाई सिद्धार्थ गु्रपले सफल बनाउन गाउँकै जनजागृति मा.वि कृष्णपुर किसानगर ८ बर्दिबासमा पढ्ने व्यवस्था मिलाइ दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक बलबहादुर शिलवाललाई भेटेर स्कूल डे«स, शैक्षिक समाग्री, साइकल खरिदको लागि १५ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बिद्यावलबाट हुने कौचिङ्ग शुःल्क मिनहा, राम्रो पढ्े जेहेन्दार छात्रवृत्ति पनि दिने विद्यालयका प्रअ शिलवालले बताए ।

अमृताको पढेर नर्स बनेर समाज सेवा गर्ने रहर पालेकी छन् ।
एसएलसीदेखि नर्स सम्म आफुहरुले पढाउने सिद्धार्थ बिजनस् गुरुपका चेयरमेन न्यौपानेले बताए ।

अमृताको घटना बुझ्न उनको घर पुगेकी अन्तर पार्टी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लडाइ लड्ने बताएकी छन् । अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई क्षतिपुर्ती बाप्त दिलाउनु पर्ने उनले माग गरेकी छन्।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..