» » गच्छदारले भन्नुभयो, –‘सविधान त्रुटी हुनुमा प्रमुख तीन दल दोषी’

राजविराज ,माघ २८ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं पुर्व गृह एवं उपप्रधानमन्त्री विजय कुमार उच्छदारले सप्तरीको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सन्तगुरु रविदास फाउण्डेशन नेपालद्धारा आज आयोजित एक कार्यक्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले विकासको प्रमुख मेरुदण्ड बाटोघाटो रहेकोले बताउँदै सप्तरीको समग्र विकासा लागि जिल्लाको ग्रामिण भेगका बाटोघाटोहरु निर्माण कार्यमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
उहाँले राजनितिक खिचातानीका कारणले मुलुक संकटमा परेको बताउँनु हुँदै नयाँ संविधानमा दलित ,जनजाती ,आदिवासी ,मुस्लिम ,थारु ,पिछडावर्गको अधिकार सहितको संशोधन नभएसम्म मान्य नहुने जिकिर गर्नुभयो ।
अध्यक्ष गच्छदारले तीन दलकै कारणले नेपाल गरीब बनेको तथा मधेशी जनताले विकास समेत हेर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले १६ बुँदै सहमतिले संविधान लागु भएको बताउँदै सो संविधानमा सिमाकंन सहितको त्रृटि रहेकोले संविधान कार्यान्वयन हुन नसकेको र त्यसको मुख्य दोषी काग्रेस ,एमाले र माओवादी रहेको स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसङ्गणमा उहाँले झापा ,मोरङ्ग ,सुनसरी ,उदयपुर ,सप्तरी ,सिरहा सहित तराईका जिल्लाहरु मिलाएर ८ प्रदेश नबनेसम्म मुलुकको विकास सम्भव नहुने दावी गर्नुभयो ।


उहाँले तराईका दलित समुदायहरु अत्ति पछाडी रहेकोले अब दलित समुदायहरुलाई आफनो अधिकारको लागि जागरुक र सचेत बन्नुपर्नेमा विशेष जोड दिनुहुँदै दलित समुदायको उत्पीडनको लागि शिक्षा क्षेत्रमा थप लगानी हुनुपर्ने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष एवं सासंद रमणी रामको अध्यक्षतामा आयोजित सो समारोहमा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य एवं पुर्व सांसद हेमराज तातैड ,फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य बिन्दु कुमारी यादव , जिल्ला अध्यक्ष शैलेश चौधरी ,फाउण्डेशनका संरक्षक कपलेश्वर राम ,सांसद सुमित्रा चौधरी सहितकाहरुले आ आफनो धारणा राख्नुभएको थियो ।

फोरम लोकतान्त्रिकका युवा नेता हुलसित कुमार यादवद्धारा संचालित सो कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष भोला रामले सन्त गुरु रवि दास महाराजको जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।

यसैबीच साही कार्यक्रममा दलित, गरीब, जेहेन्दार तथा विपन्न समुदायका ५४ जना छात्रछात्राहरुलाई  कार्यक्रमका प्रमुख अतिथि गच्छदारद्धारा स्कुल ब्याग र शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।  

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..