» » यता सिहदवारमा चुनावको तयारी हुँदै, उता तमलोपामा आन्दोलनको तयारी हुँदै


काठमाडौ फागनु ९ गते । सरकारले चुनावको मिति घोषणा गर्नका लागि सिहदरवारमा बैठक बसिरहेको छ भने उता त्यसको विरुद्धमा आन्दोलन गर्ने तयारीका लागि तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा मधेशी मोर्चाको बैठक बसिरहेको छ ।

निर्वाचनको मिति घोषणा गर्न जसरी सरकारले आज दनभरि एक्सरसाइजहरु गरे त्यसरी नै मधेशी मोर्चाले आन्दोलन घोषणा गर्नका लागि दिनभरि एक्सरसाइजहरु गरे ।

तमलोपा कार्यालयमा दुई वजेदेखि नै मोर्चाको बैठक बसिरहेको छ । बैठकको एउटै एजेण्डा हो चुनाव विरुद्ध आन्दोलन ।

सरकारले चुनावको मिति घोषणा गर्ने वित्तिकै मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी अवस्थामा बसेको छ । मोर्चाका सबै नेता तमलोपा कार्यालयमा मन्त्रीपरिषद्को निर्णयको प्रतिक्षामा बसिरहेको स्रोतले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..