» » मधेशको समस्या समाधान गर (सम्पादकीय)


देशमा जतिजति राजनीतिक सक्रमण बढ्दै जान्छ त्यति त्यति समस्या बल्झिदै जान्छ । देश अहिले नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । नेपालको अवस्था अहिले जुन अवस्थामा छ त्यस्तो अवस्था राणाकालिन अवस्थामा पनि थिएन । धेरै राम्रो अवस्था पंचायतकालमा थियो । अहिले गणतन्त्र आएपनि जनताले त्यसको प्रत्याभूति गर्न पाएका छैन । कत्रो संघर्षपछि देशमा सविधान निर्माण भयो तर त्यो अझै कार्यान्वयन भएको छैन । सविधान दिवस पनि मनाई सकियो तर सविधान कार्यान्वयनमा झमेला कायमै छ । सविधानलाई मधेशी मोर्चाले स्वीकार गरेको छैन ।

मधेशी मोर्चाले मात्र होइन, त्यसमा आदिवासी जनजातिको पनि समर्थन छ । सविधान निर्माण भइसकेपछि मधेशी मोर्चा र आदिवासी जनजातिले आन्दोलन गरिरहेको छ भने पनि होइन । सविधान निर्माण हुनुभन्दा पहिलेदेखि नै आफ्नो अधिकार सुनिश्चित गराउनका लागि मधेशी मोर्चाले आन्दोलन गरिरहेका थिए तर त्यसबेला पनि केही सुनुवाई भएन ।

फास्टट्रयाकको नाममा जवर्जस्ती सविधान जारी गरे । जुनबेला सविधान जारी भइरहेको थियो त्यो बेला मधेशमा भिषण आन्दोलन भइरहेको थियो । मधेशी जनताले प्रहरीको गोली खाएर मृत्युवरण गरिरहेका थिए । सविधान जारी भयो अब त्यसलाई संशोधन गर भन्दा पनि अनेक लफडा देखिरहेको छ । खासगरि एमाले पार्टीले अब सविधान संशोधन भयो भने देश विखण्डन हुन्छ भन्दै राष्ट्रियताको नाममा आन्दोलन गरिरहेको छ जुन मधेशका लागि अनुकुल छैन । एमालेले जुन तरिकाले, जुन एजेण्डामा आन्दोलन गरिरहेको छ त्यसले मधेशलाई चिढाउने बाहेक अरु केही काम गरेको छैन ।

मधेशी जनताको एमालेप्रतिको सोचमा परिवर्तन आएको छ । एमालेले मात्र मधेशसँग विभेद गरिरहेको कुरा मधेशी जनताको मानसपटलमा बसिसकेको छ यसले राष्ट्रको हित नचाहने । देश टुक्र्याउने तत्वलाई फाइदा पुगिरहेको छ । मधेशी मोर्चाले सविधान संशोधन चाहेका छन् । सविधान संशोधनका केही प्रस्ताव आएका छन् भने तर त्यसमा मधेशी मोर्चाले असन्तुष्टि जनाएको छ ।

असन्तुष्टि जनाउनुको साथ साथै त्यसलाई परिमार्जनसहित पारित गराउन पनि दवाव दिइरहेको छ । केही परिमार्जन गरेर त्यसलाई पारित गराई हाल्नुपर्ने अवस्था रहेको छ तर कहाँबाट हो कुनी त्यो रोकिएको छ । सरकारले अहिले निर्वाचन घोषणा गर्न तिर लागेको छ । हो, देशका लागि निर्वाचन पनि अनिवर्या विषय हो तर यतिका दिन निर्वाचन नभए के भयो, दुई चार दिन निर्वाचनको मिति घोषणा नगरेर फास्टट्रयाकबाट विधेयक पारित गराएर मात्र चुनावको मिति घोषणा गर्यो भने केही विग्रिदैन ।

जुन कुरामा कम क्षति हुन्छ, त्यसलाई अगाडि बढाउनु पर्छ । विधेयक पारित गरेर चुनावको मिति घोषणा गर्यो भने त्यहाँ कम क्षति हुन्छ । तर निर्वाचन मिति घोषणा गरेर  विधेयक पारित गराउन तिर लाग्यो भने त्यसले धेरै क्षति हुने सम्भावना हुन्छ । मधेशी मोर्चा पनि सेफल्याण्डिङ् खोजिरहेको छ त्यो कुरा सरकारले बुझ्नु पर्ने हो । किनभने मधेशमा सिके राउतका कारण मधेशवादी दललाई पनि समस्या भएको छ ।

सविधान संशोधन गरेर देशमा चुनाव गरायो भने देश एउटा ट्रयाकमा जान्छ भन्ने कुरा मधेशवादी दलले पनि बुझेका छन् तर यो समस्यालाई जति जति लम्ब्याउँछन् त्यसले समस्या झन बल्झिदै जान्छ  र अन्ततः यसले सिके राउतलाई मात्र फाइदा हुन्छ जुन कुराको चिन्ता जाहेर प्रधानमन्त्री समक्ष मधेशी मोर्चाका नेताहरुले गरिसक्नुभएको छ ।
मधेशको समस्या समाधान नगरेको कारण त्यसको फाइदा सिके राउतले लिइरहेका छन् । उहाँले त्यही कुरा मधेशमा प्रचार गर्दै मधेशी जनतालाई आफूतिर आकर्षण गर्दैछन् ।

यतिका आन्दोलन भयो, ६० जना भन्दा बढीले ज्यान दिए तर त्यसको बदलामा के पायौं भन्दै राउतले मधेशी जनतालाई उचाल्दै आएका छन् । र, उहाँले भनेको जायज हो, साँच्चै मधेशी जनताले केही पाएको छैन तर राउतले त्यसको गलत फाइदा उठाइरहेको छ त्यतातिर राज्यको ध्यान जानुपर्ने हो । कति गर्न सकिन्छ, मधेशी जनतालाई चाँडो चाँडो सम्बोधन गरेर त्यसलाई टुग्यांइ दिनुपर्छ । नत्र भोली गएर सिके राउतको मिसन सफल भयो भने एमालेले भन्ला हामीले भन्दै आएका थियौं कि यस्तै हुन गइरहेको छ ।  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..