» » उपेन्द्र यादवले भन्नुभयो, तीन दलका कारण गणतन्त्र खतरामा

सप्तरी माघ २९ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलका कारण देशमा राजनीति समस्या समाधान हुन सकेको आरोप लगाउनु भएको छ  ।

आज राजविराजमा पार्टीको प्रथम सप्तरी जिल्ला अधिवेशनलाई संवोधन गर्दै उहाँले  अन्तरीम संविधानमा भएको ब्यवस्थालाई समेत वर्तमान संविधानले कटौती गरेको आरोप लगाउनुभयो ।

तीन ठुला दलका नेता केन्द्रको मातहतमा स्थानीय चुनाव गराउने तालमेल मिलाईरहेको दावी गर्दै ‘बल गरेर चुनाव गराउने सोचले प्राप्त उपलब्धी समेत खतरामा पर्ने बताउँदै उहाँल ‘गणतन्त्र समेत समाप्त हुुने भएकाले समयमा सोच्न सबैमा आग्रह गर्नुभयो  ।

पार्टीका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित उदघाटन सत्रलाई केन्द्रिय उपाध्यक्ष रेणुकुमारी यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह, विनोद चौधरी, अशोककुमार यादव, प्रदेश नं २ का सचिव शम्भु झालगायतले सम्बोधन गर्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..