» » हतियारसहित मियाँ पक्राउ

राजविराज, माघ २९ गते । ज्यान मार्ने उद्योग मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–७ गोबरगाढा निवासी ३८ वर्षीय जसमुल भनिने नसरुल मियाँ रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इप्रका, हनुमाननगरबाट खटिएको प्रहरीको टोलीले कोसी पलारमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

पक्राउ परेका मियाँका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाँलाई अनुसन्धानका लागि जिप्रका, सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..