» » अझै सुकेको छैन सहिद परिवारको आँसु


एकवर्ष अगाडि भर्खर–भर्खर डेगाडेगी दिन शुरु गरेकी अढाई वर्षिया बालिका साक्षी यादवले आँगन बाहिर निस्किदै तोतेबोलीमा गुनगुनाएर भनिन् ‘हमल पापा चकलेत ल्याके एतै’ (मेरा बुवा चकलेट लिएर आउनुहुन्छ) ।’  बालिकाकी आमा सुष्मा देवी यादव काखमा दुई महिने  छोरालाई  बोकेर छोरी साक्षिले बोलेकी बोली एकहोरिएर टोलाईरहनु भएको थियो । नेपाल टेलिभिजनका पत्रकार श्यामसुन्दरले आफ्नै आँखाले देख्नु भएको यो दृश्य सुनाउनु भयो ।

सप्तरी जमुनी मधेपुरा गाविस वडा नम्वर–९ छपकीका शहीद नागेश्वर यादवको घरमा अझै शोक कम भएको छैन । घरका सदस्यहरु अझै शोकमै छन् । नागेश्वरका आमाको आँखाको आँसु सुकेको छैन । बालिका साक्षीका बुवा नागेश्वर मंसिर ५ गते मधेश मोर्चाद्वारा निर्धारित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो । मधेशवादी दलले यतिखेर बलिदानी दिवस मनाईरहेका छन् ।

राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजबाट बीएडको फाइनल दिनु भएका नागेश्वर घरको काम सकाएर मंसिर ५ गते शनिवार साँझ करिब ४.३० बजेको राजविराज पुग्नुभएको थियो, नागेश्वरका आमाले आँसु पुछ्दै भन्नुभयो, पढाई लेखाई गरिरहेका मेरा छोरा राजनीतिकमा कहिले देखि लागे घरमा कसैलाई थाह थिएन । मेरो अर्को पक्षको छोरा जुगेश्वरले फोन गरेर नागेश्वर आन्दोलनमा नजाने पनि भनेका थिए तर राजनीतिकको नासा लागेका उनले कसैको कुरा सुनेन र राजमार्ग घेराउ गर्न रुपनी पुगेका थिए ।’

दैवको लिला राती करिब ११ बजेको समयमा सशस्त्र र नेपाल प्रहरीको टोली राजमार्गबाट आन्दोलनकारीहरुलाई हटाउन लाठीजार्ज, आँश्रुग्यास हुँदै गोलीसम्म चलाए । त्यो दिन गाउँगाउँबाट हज्जारौंको सँख्यामा सर्वसाधारण जनता आन्दोलनमा सहभागी भएका कारण धेरैबेरसम्म उनीहरुले राजमार्ग कब्जामा लिईरहे पत्रकार श्यामसुन्दर यादवको एक रिपोर्टमा उल्लेख छ । आन्दोलकारीहरु राजमार्गबाट हट्न नमानेपछि आक्रामक रुपमा प्रस्तुत भएका प्रहरीले चलाएको गोली नागेश्वरको तिघ्रामा लागेको थियो । उहाँ तत्क्षण मैदानमै ढल्नुभयो तर हिम्मत हार्नुभएन । प्रहरीले चलाएको गोलीले आन्दोलनकारी ढलेको देखेपछि भीँड तितर–बितर भएको थियो ।

त्यसपछि घाइते अवस्थामा रहेका नागेश्वरलाई प्रहरीले बुटले हिर्काउँदै परसम्म घिसारेर लगेको थियो सद्भावना पार्टीका नेता दिनेश यादवको भनाईलाई उद्धृत गर्दै पत्रकार यादवले लेख्नुभएको छ, घाइते नागेश्वरलाई तत्काल उपचारका लागि लगिएको भए बाँच्न सक्नुहुन्थ्यो ।’ सो दिन राती करिब १२ः१५ बजेको समयमा गाउँकै मान्छेहरुले नागेश्वरलाई प्रहरीको गोली लागेको भनि सुनाएको नागेश्वरका आमाले बताउनुभयो । नागेश्वरका दाजु जुगेश्वरले भाइको अवस्था बुझ्न गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो तर उहाँले आफ्नो भाइसँग कुरा गर्न पाउनु भएन ।

२०७२ मंसिर ६ गते विहान जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जाँदा नागेश्वरको पोष्टमार्टम यही गराउन प्रहरीले भन्यो । तर मधेशी मोर्चाको सहयोगमा पोष्टमार्टमका लागि नागेश्वरसहित अन्य शव समेत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिको थियो ।

 त्यतिबेला सम्ममा सप्तरीकै झल्ही फर्सैठमा माइतीमा रहनु भएको जीवन सगीनी सुष्मालाई घटनाको विषयमा केही थाहा थिएन भन्नुहुन्छ, नागेश्वरको आमा । राती करिब २ बजेको समयमा जीवनसाथी नागेश्वर आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेको भनी उहाँलाई जानकारी दिईयो । विहान अस्पताल पुग्दा पति नागेश्वरपतिलाई मृत अवस्थामा पाएपछि उहाँ बेहोस हुनुभएको थियो ।

हामी सप्तरीस्थित नागेश्वरको घरमा पुग्दा उहाँको श्रीमतीसँग भेट भएन तर आमासँग भेटभयो । आमाको आँसु अझै सुकेको थिएन । उहाँ आँखाको आँसु पुछ्दै भन्नुभयो, मेरा छोरा यो मधेशका लागि ज्यान दिनुभयो, तर नमेरो छोराले केही पाउनुभयो न यो मधेशले ।’ दाहसंस्कार गर्ने ठाउँमा सालिकसहित मन्दीर बनाई दिने प्रतिवद्धता सप्तरीका नेताहरु पटक पटक गर्नुभएको स्मरण नागेश्वरका आमाले गर्नुभयो । त्यति मात्र होइन, ब्याचल सकाएकी नागश्वरका श्रीमतिलाई मास्टरी लगाई दिने वाचा पनि नेताहरुले गर्नुभएको थियो तर यी दुईमध्ये कुनै पुरा भएको छैन भन्नुहुन्छ सहिद नागेश्वरको आमाले ।

मेरी बुहारी श्रीमानको वियोगमा यताउती भौतारिरहेकी छिन्, उनको लागि त संसार नै समाप्त भएको छ, हामी कति चित्त बुझाउन भन्छौ, मान्नु हुन्न, श्रीमानको वियोगमा रोइरहनु हुन्छ, यतिका पढेलेखेकी छिन् कतै सानोतिनो जागिर भइ दियो भने मन बहलाउने एउटा बहाना हुन्थ्यो भन्नुहुन्छ, नागेश्वरको आमाले । नागेश्वर मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेको कुरा विभिन्न सञ्चारमाध्यमहरुबाट समाचार पनि प्रवाह भएको थियो । नागेश्वरका मृत्यु पनि सुष्मा धेरै दिनसम्म माइत उहाँ माइतीमै बस्नुभयो ।

२०६८ फाल्गुन २९ गते वैवाहिक बन्धनमा बाँधिएकी भर्खरकी ठिट्टी सुष्माको बोली नै गायब भएको थियो । धेरै दिनसम्म उहाँ खानपिन त्यागी श्रीमानको वियोगमा बाँचिरहनु भएका उहाँ एकहोरिएर बसिरहने तथा पतिको विषयमा कसैले चर्चा गर्दा उहाँको आँखाबाट अझै आँसु झर्न थाल्छ । २२ वर्षिया सुषमाको अवस्था र दुई लालाबालाको अवस्था देखेर जो कोही पनि चिन्तित हुन पुग्छन् ।

यता छोरा नागेश्वरलाई गुमाउनुपर्दाको पीडा आमा सिकिल देवीको पीडा पनि कम छैन । कसैले छोराको विषयमा चर्चा गर्दा उनी भक्कानिएर रुन थाल्नुहुन्छ । रुँदारुँदै बेहोस हुने गरेकी आमा सिकिलदेवीलाई सम्हाल्नै गाह्रो हुने गरेको स्थानीयवासिन्दाहरु बताउँछन् । नागेश्वरका बुवा जिबछको गत चैत्रमा निधन भएको थियो । चार दाजुभाइमध्ये जुगेश्वर, बालेश्वर, र सन्तोषमध्ये नागेश्वर काइँलो थिए । भाइलाई प्रोफेसर बनाउने सपना साँचेका दाजु जुगेश्वर भन्नुहुन्छ, भाइलाई प्रोफेसर बनाउने सोच थियो तर सबै चकनाचुर भइदियो । भाइबुहारी र बच्चाबच्चीको अवस्था देखेर दाजुभाइहरु समेत चिन्तित छन् । कानूनी रुपले अंशबण्डा नगरे पनि चारैभाइ छुिट्टएर बस्दैआएका थिए ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..