» » स्ववियु चुनाव लिएर मधेशी विद्यार्थी मोर्चामै विवाद


काठमाडौ माघ २८ गते । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लिएर मधेशी विद्यार्थी मोर्चामा विवाद देखिएको छ ।

मोर्चाभित्रकै कतिपय विद्यार्थी संगठनले चुनावमा जानु पर्छ भनिरहेका छन् कतिपयले त्यसको विरोध गर्दै चुनावमा नजाने भनिरहेका छन् ।

मधेशी विद्यार्थी मोर्चाका एक घटक नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादवले स्ववियु चुनावलाई बहिष्कार गर्ने बताउनु भएको छ । मधेशी विद्यार्थी मोर्चाको पूर्ण समानुपातिक प्रणालीबिना स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भाग नलिने बताउँदै उहाँले यस्तो अडान हुँदा हुँदै पनि तराइ मधेश विद्यार्थी फ्रन्टले विद्यार्थीहरुमा भ्रम छर्ने काम गरेको आरोप लगाउनु भएको छ ।

मधेशी विद्यार्थी मोर्चाको तर्फबाट उम्मेदवार समेत घोषणा गरेर सम्पूर्ण मधेशी विद्यार्थी मोर्चाको बदनाम गराउने कार्य गरेको आरोप उहाँले लगाउनु भएको छ ।

पहिचान पक्षधर विद्यार्थी तथा संयुक्त मधेशी विद्यार्थी मोर्चाले स्ववियुको चुनाव हुने क्याम्पसमा तालाबन्दी गरेका हुनाले पूर्ण समानुपातिक निर्वाचन सुनिश्चितता नहुन्जेल निर्वाचनको कार्यक्रम अगाडि नबढाउन उहाँले आग्रह गर्नुभएको छ ।

पहिचान पक्षधर दश विद्यार्थी संगठनहरु त्रिविको उप्कुल्पती तिर्थ राज खनियालाई ज्ञापनपत्र समेत बुझाएको उल्लेख गर्दै उहाँले त्यस विषयमा पटक पटक वार्ता समेत भएको, रेक्टर सहितसँग वार्ता निष्कर्ष विहिन भएको दावी उहाँले गर्नुभएको छ ।
तीन संगठनको अगाडि आत्मसमर्पन गरेर अगाडि जाने अवस्था नरहेको बताउँदै उहाँले अहिले मधेश आन्दोलनमा रहेको र् मधेशी शाहीद्ले बगाएको रगतसँग खेलबार हुनु बाहेक अरु केही पनि नहुने उहाँले आरोप लगाउनु भएको छ ।

पूर्णसमानुपातिक प्रणालीकै लागि मधेश आन्दोलनमा युवा विद्यार्थीहरुले सहादत दिएको कुरा विर्सेर स्ववियु चुनावको नाममा मधेशको मुद्दालाई ओझेलमा पार्ने काममा सरकार लागेको आरोप जेपी यादवले लगाउनु भएको छ ।

तराई मधेश विद्यार्थी फ्रन्टमाथि यस्तो आरोप लगाएपछि सोही फ्रन्टका विद्यार्थी नेता उमेश यादवले मधेशवादी विधार्थी संगठनको अध्यक्षका कारणले यस्तो समस्या भएको प्रतिकृया दिनुभएको छ ।

यस्तो हुनुमा जेपी यादव स्वयं जिम्मेवार रहेको आरोप उहाँले लगाउनु भएको छ । फ्रन्टकै अर्का नेता सुभाष केर्णले मधेशी विद्यार्थी मोर्चामा त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।

चुनावमै जान नहुने विषयमा त्यस्तो कुनै निर्णय नभएको उल्लेख गर्दै उहाँले चुनावमा नजाने निर्णय जेपी यादवको व्यक्तिगत भएको होला भनि टिप्पणी गर्नुभएको छ । तराई मधेश विद्यार्थी फ्रन्ट पूर्ण समानुपातिक प्रणालीमा प्रतिवद्ध रहेको पनि कर्णले स्पष्ट पार्नुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..