» » जाँदा जाँदै राजदूत रे ले मधेशको बारेमा यस्तो भन्नुभयो


जनकपुर फागुन ६ गते । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्र संस्थागत नहुने चेतावनी दिनुभएको छ ।

जनकपुरमा हिजो आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राख्नुभयो ।

उहाँले वर्तमान राजनीतिप्रति इंगित गर्दै भन्नुभयो, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ । संविधानमा मधेसीको मुद्दालाई सम्बोधन गरिएको छैन । यस्तो अवस्थामा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गर्नुभएको थियो ।

कार्यक्रममा रेले नेपाल मामिलाबारे खुलेर नबोले पनि मधेसी आन्दोलनले तीव्रता पाउँदा नेपालमा राजदूत रहेका मुखर्जीले भने नेपाली राजनीतिक विषयमा खुलेरै धारणा राखेका थिए ।

उक्त द्विदिवसीय छलफलमा सहभागी भारतीय राजदूत रेले नेपालको राष्ट्रियताको सवालमा आफूले टिप्पणी गर्न गाह्रो हुने बताए पनि नेपालमा रहेको विविधतामा एकता नारालाई सार्थक कसरी बनाउने भन्ने चुनौती औंल्याए ।

राजदूत रेले भने, ‘नेपालमा व्याप्त विविधता समेटेर राष्ट्रिय पहिचान कायम गर्नु अहिलेको आवश्यकता हो ।’
उहाँले दुई देशबीचको सम्बन्ध सुदृढीकरणका लागि संयुक्त सीमा विकास कार्यक्रमको अवधारणा अघि बढाउन आफूहरू प्रयत्नरत रहेको बताउनु भएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल(भारत सम्बन्ध सधैं द्विविधामै रहेको बताउनुभयो । उहँँले भन्नुभयो, ‘यो सम्बन्धलाई द्विविधाबाट बाहिर निकाल्न उचित संवादको आवश्यकता छ ।’

 सीमा क्षेत्रमा बस्नेहरूको जीवन प्रणाली अति नै कष्टकर रहेकाले दुई देशबीचको सम्बन्ध सुधारका लागि यस क्षेत्रका बासिन्दाको आर्थिक, समाजिक र सांस्कृतिक विकासलाई माथि उकास्नुपर्ने आवश्यकता रहेकोमा यादवले जोड दिनुभयो ।

गृहमन्त्री निधिले राजनीतिक प्रणाली निर्माण गर्नमा नेपालको स्वाधीनतालाई सम्मान गर्दै भारतको समर्थन होस् भन्ने आफ्नो चाहना राखेका बताउनु भएको थियो ।

कार्यक्रममा भाजपा नेता सञ्जय पासवान, सांसद अमरेशकुमार सिंहलगायत नेपाल र भारतका नेताको सहभागिता छ । कार्यक्रमअन्तर्गत शुक्रबार दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका विषयमा विशेष छलफल हुने कार्यक्रम रहेको आजको अन्नपूर्णपोष्टमा समाचार छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..