» » प्रचण्डले यसरी खुलासा गर्नुभयो ओलीको गोप्य कुरा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सम्झौताको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सविधान संशोधनको प्रस्ताव टेबल गरेको कथा मधेशी मोर्चालाई सुनाउनु भएको थियो । संशोधन विधेयक कुनै पनि हालतमा पेस हुन नदिने भन्दै त्यसको विरोधमा देशैभरि आन्दोलन शुरु गरेका थिए । काठमाडौमा पुस २१ गते विशाल आमासभा नै गर्नुपर्यो तर टेबल गराउन कसरी भयो सम्भव त ।


पुस २९ गते बालुवाटारमा भएको छलफलमा प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग भन्नुभयो, मैले एमालेलाई कसरी मनाए त्यो कुरा नसोध्नुस् तर यति बुझ्नुस् यो सविधान संशोधन विधेयक एमालेको सहमतिमै टेबल भएको हो ।’

 विधेयक प्रस्तुत भएको दिन एमालेका अध्यक्ष केपी शर्मा ओली संसदमा अनुपस्थित हुनुले नै सबैकुराको संकेत गरेको भन्दै प्रचण्डले अब निर्वाचनको विधेयकहरु पास गरेर चुनावको विधेयकहरु पास गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राखेपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव कुनै पनि हालतमा हुन नसक्ने जवाफ दिनु भएको थियो । 


स्रोत भन्छन्, प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीसँग गरेको गोप्य सहमति नै यही थियो कि विधेयक टेबल मात्र गर्ने, टेबल भइसकेपछि त्यसलाई छाडेर निर्वाचनतिर जाने भनि ओलीलाई फकाउनु भएको थियो ।’

 सो प्रस्ताव उहाँले मधेशी मोर्चामा पनि राखेपछि त्यो कुराको पुष्टि भएको हो । टेबल हुने कुरा टेबल भयो, त्यो एउटा प्रकृयामा गइसक्यो अब त्योसँगै निर्वाचनको कुरा पनि अगाडी बढाउनुपर्छ भन्दै मधेशी मोर्चालाई पनि फकाउने प्रयास गरेका थिए तर त्यो सम्भव भएन ।  

पहिला प्रस्ताव पारित गराउँ अनि चुनावको बारेमा छलफल गरेर मिति घोषणा गरौंला भनि महन्थ ठाकुरले राखि सकेपछि प्रधानमन्त्री प्रचण्डले ठिक छ कहाँ कहाँ के के विषयमा परिमार्जन गर्नुपर्छ त्यसको बारेमा हामीले छलफल गरेर टुग्यांउला ।’

त्यसपछि पुस २८ गते मात्र न्याधिश नियुक्ति भएको सम्बन्धमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कुरा राख्नु भएको थियो । यो कस्तो सरकार हो, यसले त पुरै समावेशीलाई अपमान गरिरहेको छ बरु यसअघिका सरकारले समावेशी गरिरहेका थिए, यसअघि भएका नियुक्तिहरु हेर्नुस् केही नकेही समावेशी गरेको देखिन्छ, यो सरकार त एकलौटी रुपमा अगाडि बढी रहेको आरोप अध्यक्ष यादवले लगाउनु भएको थियो । 

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले स्थानीय पुनः संरचना आयोगले बुझाएको प्रतिवेदन बारेमा जिज्ञासा राख्नुभएको थियो । उहाँले आफुहरुले विरोध गरेपनि सरकारले यो प्रतिवेदन बुझेको छ, यस बारेमा स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । 

अनिल झा बोलिसकेपछि राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले कुरा राख्दै उहाँले भन्नुभयो, हरेक बैठकमा कुराहरु मात्रै हुन्छ तर कार्यान्वयन हुँदैन, अस्ती तपाईले भन्नुभएको थियो कि प्रतिवेदन बुझ्छु तर कार्यान्वयन गर्दिन, तपाईहरुसँग छलफल गरेर मात्र अगाडि बढछु तर अझै केही भएको छैन, स्थानीय तहलाई प्रदेशमार्फत राख्ने पनि कुरा गर्नुभएको थियो, तर त्यसबारेमा हालसम्म केही भएको छैन ।’ 

एकातिर आफूहरुसँग कुरा गर्ने अर्कोतिर काम गर्दै जाने रणनीति त सरकारको होइन भन्दै नेता झाले सविधानमा कतै उल्लेख छैन कि दलीय आधारमा चुनाव हुन्छ, गैर दलीय चुनाव गराउन पनि तयार हुनुभएको थियो तर हालसम्म त्यसको बारेमा के के गर्नुभयो भन्दै त्यसको जवाफ माग्नु भएको थियो । 

कार्यदल बनाएर काम शुरु गर्नुपर्ने थियो तर अझै केही भएको छैन भनि कुरा राखेको कुरा केशव झाले स्मरण गराउनुभएको थियो । संशोधन प्रस्ताव कसरी पारित गराउने त्यस विषयमा के के रणनीति बनेको छ, त्यसको बारेमा पनि कुरा नभएको कुरा मोर्चाका नेताहरुले उठाउनु भएको थियो । 

अहिलेसम्म सविधान संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई बहुमत पुर्याउन दलहरुसँग रणनीतिक बनाउने कुरा भएको थियो तर हालसम्म कसैसँग कुरा भएको छैन भनि मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डको आलोचना गर्नुभएको थियो । 

मधेशी मोर्चाका नेताहरुको कुरा सुनिसकेपछि प्रचण्डले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन आफूले नबुझेको स्पष्टीकरण दिनुभयो । 

मेरो उपस्थितिमा स्थानीय विकास मन्त्रीले बुझ्नु भएको हो, उहाँले मोर्चाका नेताहरुलाई भन्नुभयो, त्यो प्रतिवेदन अझै अझै क्याविनेटमा लगिएको छैन, तपाईहरु चिन्ता नगर्नुस्, तपाईहरुसँग सल्लाह नगरिकन कार्यान्वयन हुँदैन ।’ 

स्थानीय तहको विषयमा जेजे कुरा भएको थियो, त्यो गर्ने नै हो यसमा मधेशी मोर्चाका नेताहरुलाई ढुक्क रहन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले यदि गैरदलीय आधारमा चुनाव गराउनेमा सबैको सहमति भयो भने त्यसमा आफ्नो कुनै आपत्ति नहुने कुरा राख्नु भएको थियो ।’

मधेशी मोर्चाले उठाएको कुरालाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, सविधान संशोधनमा धेरै गर्नुछैन, धेरै कुरा आइ नै सकेको छ, भाषाको सन्दर्भ ७ को २ क भएको छ त्यसका ७ को १ क बनाउनुपर्छ, सिमांकनको सन्दर्भमा अहिले जे प्रस्ताव गरिएको छ त्यसलाई पास गरौं बाँकी विषयका लागि आयोग बनाएर टुगों लगाउला ।’ 

पहिलो निर्वाचन विधेयक टुग्यांउ त्यसपछि परिमार्जनसहित विधेयक पास गर्ने कुरा प्रचण्डले प्रष्ट रुपमा राखेका थिए जो सहमति ओलीसँग भएको थियो । मधेशी मोर्चालाई फकाउनका लागि प्रचण्डले दुई तिहाईबाट संशोधन प्रस्ताव पारित हुने र त्यसमा एमालेले पनि साथ दिने सुत्र आफूसँग रहेको कुरा बेठकमा राख्नुभएको थियो । 

यदि सविधान संशोधन भएन भने चुनाव हुनसक्दैन, त्यो कुरा निश्चित हो, चुनावको मिति घोषणा गर्दैमा केही बिग्रिदैन, एकमहिनामा संशोधन प्रस्ताव पास हुन्छ त्यसअवधिमा चुनाव भइसक्छ भने होइन, चुनावको मिति घोषणा भएपनि विधेयक पास गरेर नै चुनाव हुने कुरा मधेशी मोर्चाका नेतासमक्ष उहाँले राख्नु भएको थियो । तर मधेशी मोर्चाका नेताहरु प्रचण्डको कुरामा कन्भिन्स हुन सक्नुभएन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..