» » सद्भावना पार्टीलाई पार्टी एकीकरणका पहल लिन सुझाव


पर्सा फागुन १ गते । पार्टी एकीकरणका नेतृत्व लिन सदभावना पार्टीलाई सुझाव आएको छ ।
वीरगंञ्जमा तीनदेखि जारी कार्यसमितिको विस्तारित बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र
महतोले पेस गर्नुभएको राजनैतिक प्रतिवेदन, संगठनात्मिक प्रतिवेदन , छैठो राष्ट्रीय महाधिवेशन सहितका एजेंडामाथि अआफ्नो सुझाव पेस गर्ने क्रममा नताहरुले सो सुझाव दिएका हुन् ।
मधेशमा मधेशवादी दलह कमजोर हुनुका कारण पार्टीहरु आपसमा विभाजन हुनु नै
हो, त्यसैले आउँदो चुनावसम्ममा पार्टीहरुसँग एकीकरण गर्न सद्भावना पार्टील पहल गर्नुपर्ने सुझाव आएको पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘प्रस्तावित प्रतिवेदन र एजेंडा माथिको आफ्नो बैचारिक प्रस्तुतिकरणको क्रममा मैले पार्टीलाई बैचारिक , संगठनात्मिक र सामुहिक नेतृत्वको साझा तिनखम्वे नीतिलाई पारित गर्न सुझाएको छु ।’

 मधेश केन्द्रित राजनीतिक दललाई एकीकृत हुन संविधानसभा दोश्रोमा जनताले जनमत दिएकाले जनताको जनभावनालाई स्वीकार गर्दै एकीकरणका लागि नेतृत्व लिन सुझाएको बताउँदै उहाँले समावेशीता सहितका साझा नेतृत्व आजको आवश्यकता रहेकाले वर्तमान परिस्थितीमा पार्टीको आन्तरिक जीवनमा रुपान्तरण आवश्यक रहेको प्रस्ताव समेत गरेको उहाँले जानकारी गराउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..