» » सद्भावना पार्टीको विस्तारित बैठक आजदेखि

पर्सा माघ २८ गते । आजदेखि सद्भावना पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक वीरगञ्जमा बसिरहेको छ ।

मधेश आन्दोलनले विश्राम लिएपछिको यो विस्तारित बैठकले केही नयाँ कार्यक्रमहरु तय हुने विश्वास लिएको छ ।

सविधान संशोधन गर्न आनाकानी भइरहेको बेला बसिरहेको यो विस्तारित बैठकले आन्दोलनको नयाँ रुपमा बारेमा पनि छलफल गर्ने सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले जानकारी गराउनुभयो ।

आन्दोलनलाई अझै कसरी सशक्त बनाउन सकिन्छ त्यस विषयमा पनि छलफल हुने बताउँदै उहाँले राज्यको क्रियाकलाप हेर्दा मधेशीको माग सम्बोधन गर्नै अवस्था देखिएको छैन, यस अवस्थामा आन्दोलन मात्र एउटा विकल्प रहेकाले त्यस विषयमा गम्भीर छलफल हुने जानकारी गराउनुभयो ।

पाँच नम्बर प्रदेशमा कैलाली र कन्चनपुर तथा दुई नम्बर प्रदेशमा झापा, मोरगं र सुनसरी मिलाउने पर्छ यसमा कुनै कम्परमाइज हुने छैन, प्रवक्ता मेहताले सहारा टाइम्ससँग भन्नुभयो ।

साथै पार्टी संगठनको सुदृढीकरणको बारेमा पनि विस्तृत छलफल हुने जानकारी प्राप्त भएको छ । प्रवक्ता मेहताका अनुसार संगठन विस्तार तथा सुदृढीकरणको विषयमा छलफल गर्नुको साथै पार्टी परिचालन निर्देशिका र आर्थिक नियमावली प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।

पार्टीका हरेक संगठनलाई इन्चार्जबेसमा ल्याउने तयारी भइरहेको छ । जिल्लादेखि गाउँस्तरसम्म इन्चार्ज बनाउने भएको छ । जिल्लामा जिल्ला समन्वय एवं निर्देशन समिति पनि रहने छ जुन जिल्ला समितिभन्दा माथिको समिति हुनेछ । त्यस्तै त्यो भन्दा माथिका इन्चार्ज रहनेछ जो त्यो जिल्लाको हुँदैन अरु जिल्लाका कुनै नेता इन्चार्ज हुनेछ ।

बैठकको आज उद्घाटन हुनेछ । दुई दिनको छलफलपछि फागुन १ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । बैठकमा चारसय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..