» » आधुनिक जनकपुर निर्माणका लागि अनशनः स्वास्थ्य अवस्था विग्रदो


धनुषा–नौ दिनदेखि अनसनमा बसेका बृहतर जनकपुर क्षेत्र बिकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति नेपालका प्रदेश नम्बर २ का सह–संयोजक कलामुदीन राईनको स्वाश्थ्य अवस्था विग्रदै गएको छ । 

आधुनिक जनकपुर निर्माणका लागि सात बुँदे माग राख्दै जनकपुरको जनक चोकमा माघ २० गते देखि आमरण अनशनमा बसेका उनीहरुको माग सम्बोधनमा सरोकारवालाले कुनै चासो नदेखाएपछि उनीहरुको स्वाश्थ्य अवस्था कमजोर बन्दै गएको हो ।
अनशन बसेका शर्मा र राईनले स्वास्थ्य अवस्था जतिसुकै विग्रिएपनि अनसन नछोड्ने बताएका छन् । अध्यक्ष शर्माले भने ‘९ दिन देखि आमरण अनशनमा बस्दा समेत सरकारले चासो देखाएको छैन । माग समयमै सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउछौ’ शर्मा सँगै आमरण अनशनमा बसेका राईन भन्छ्न‘सरकारले हाम्रो माग सम्बोधन गर्न ढिलाई गरिरहेको छ यो राम्रो होइन,’
यसैबीच आमरण अनशनप्रति ऐक्यबद्धता जनाउँदै महोत्तरी एकरहीया २ का स्वतन्त्र युवा दलित नेता मिथलेश्वर दास पनि अनशनमा सहभागि भएका छन् । उनी यस अघि जनकपुर–भिठामोड सडक आन्दोलनमा पनि आमरण अनसन बसेको थिए ।
साथै नेपाल औषधि बिक्री प्रबन्धक संगठन जनकपुर शाखा र नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले पनि शर्मा र राइनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । यी संस्थाले शुक्रवार विज्ञप्ति निकालेर ऐक्यबद्धता जनाएका हुन् ।
यस्ता छन् अनसनकारकिा माग
–जानकी मन्दिरलाई ट्रस्टमा लग्नुपर्ने र विश्व सम्पदा सूचीमा राख्नुपर्ने जनकपुर क्षेत्रलाई हिन्द«को धार्मिक क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने ।
–राजर्षि विश्वविद्यालय स्थापना गर्नुपर्ने ।
–जनकपुर क्षेत्रमा हजारौं बिगहा जमिन अतिक्रमण र कब्जामा रहेकोले तत्काल सार्वजनिक सम्पत्ति संरक्षणका लागि छानबिन समिति गठन गर्नुपर्ने ।
–जनकपुरको मणिपाल कलेजले २० वर्ष अघि जमिन लिएर बनाएको भवन संरचनालाई जथाभावी रुपमा छाडेको तथा कलेज अन्यत्र बनाएकाले त्यसलाई कारबाही गर्नुपर्ने ।
–सरकारबाट पाँच सय शैयाको स्वीकृति पाएको जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने ।
–जनकपुर विमानस्थललाई स्तरोन्नति गरी अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउनु पर्ने
–सहरीकरणका लागि जनकपुर उप–महानगरपालिका लाई समेट्ने गरी ६ लेनको सडक बनाउनु पर्ने ।
ratopati

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..