» » दुईसय २५ परिवारलाई कम्बल वितरण

महोत्तरी , माघ २७ गते । नेपाल भारत महिलामैत्री समाज काठमाडौँले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ ।

माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो ।

मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।

महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..