काठमाडौ फागुन १५ गते । संशोधन विधेयकका लागि लडाई गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्ततः त्यसैमा विभाजित भएका छन् ।
आज संशोधन विधेयकमाथि संशोधन हाल्ने अन्तिम दिन थियो । त्यसका लागि सिहदरवारमा मधेशी मोर्चाको बैठक बसेको थियो । कुन कुन विषयमा संशोधन हाल्ने विषयमा चर्चा चल्न थालेपछि मोर्चा मध्येका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले आफूहरु संशोधन नहाल्ने बताएपछि मोर्चाका नेताहरु छक्क परेका थिए ।
यहि संशोधनका लागि यत्रो लडाई भइरहेको छ, आज संशोधन हाल्ने बेलामा संशोधन नहाल्ने भनेर पन्छेको छ भन्दै तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीका नेताहरु आपत्ति जनाउनु भएको छ ।
उपेन्द्र यादवले भन्नुभयो, सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब प्रचण्ड सरकार केही दिनमै ढल्छ
तमलोपा सद्भावना पार्टीलगायत चार दलले मात्र संशोधन हालेको छ । संशोधन हाल्न इन्कार गर्नुभएका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भन्नुभयो, संशोधन हाल्ने काम सरकारको मधेशी मोर्चाका होइन ।’ दलहरुले आफ्नो इच्छा अनुसार संशोधन हालेको छ, मोर्चाले संशोधन हालेको छैन भनि दावी अध्यक्ष यादवको रहेको छ ।
यद्यपी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भन्ननुभयो, संशोधन मोर्चाले नै हालेको हो, त्यसमध्ये दुईटा दलले हाल्न नमानेपछि मोर्चा बाहिरका दलहरु पनि सम्मलित भएर संशोधन हालेको हो ।’
भाषा, राष्ट्रसभा र सिमांकनको विषयमा संशोधन हालेको छ । बहुभाषिक नीति अगाडि बढाएर सविधानको अनुसुचिमा राख्ने, गाउँपालिका, नगरपालिका,का अध्यक्ष उपाध्यक्षलाई निर्माण मण्डलबाट हटाउने भनि संशोधन हालेको छ ।
त्यस्तै, सिमांकनमा पूर्वका तीन जिल्ला झापा, सुनसरी, मोरगं तथा चितवनका ११ गाविसलाई दुई नम्बर प्रदेशमा मिलाउने । त्यसैगरि कैलाली र कञ्चनपुर तथा नवलपरासीको बर्दघाटदेखिको भाग पाँच नम्बर प्रदेशमा मिलाउने माग सहितको संशोधन हालेको छ ।

No comments: