» » अस्पताल छ डाक्टर छैन

 बाहिरबाट हेर्दा भव्य अस्पताल भवन, लाग्छ भित्र सबै श्रोत र साधनले परिपूर्ण छ तर भित्र भने एक जना अनमि र एक जना अहेव मात्र । विरामीहरु आउँछन्, स्वास्थ्यकर्मीले हेर्छन र स्वास्थ्य चौकीबाट निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी समेत बाहिरबाटै किन्न अह्राउँछन् ।

यो दृष्य हो सिरहाको बरियारपट्टी बजारको स्वास्थ्य चौकीको । छोटी नाका सँगै रहेको र एक किलो मिटर नजिकैको दुरीमा रहेको सीमा पारीको भारतीय बजार लदनियाँका कारण अत्यधिक चाप रहने बरियारपट्टी र आसपासका क्षेत्रका सर्वसाधारणको सेवाका लागि उक्त स्वास्थ्य चौकी निर्माण गरिएको हो तर जिल्ला स्वास्थ्य कार्यालयको बेवास्ता र चौकी प्रमुखको लापरबाहीका कारण उक्त स्वास्थ्य सँस्था स्थानीय बासिन्दाका लागि भए पनि नभएजस्तै भएको छ ।

उक्त स्वास्थ्य चौकीको प्रमुखमा हेल्थ असिस्टेन्ट रामविलास ठाकुर छन् । उनलाई सहयोग र भरथेग गर्न सिअनमी देवकुमारी मण्डल, अनमीहरु अनिता राई, प्रियङ्का साह, सिअहेव शम्भु चौधरी, अहेव पशुपति दास तथा कार्यालय सहयोगी सबुर यादवको जबर्दस्त टिम छ ।

यस्तै, स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन, सामान्य सुत्केरी सेवा, सामान्य ओपिडी सेवा, खोप तथा निःशुल्क औषधी तथा विभिन्न स्वास्थ्यसम्बन्धि सेवाहरु सञ्चालन छन् तर स्वास्थ्यकर्मीहरुको उदासिनता र जिल्ला स्वास्थ्य कार्यालयको नियमीत निगरानीको अभावमा तीमध्ये थोरै सेवा मात्र सर्वसाधारणका लागि उपलब्ध छ ।

ठूलाबडा र सम्पन्न वर्गले आफ्नो विरामीलाई नजिकै भारतीय शहर वा विराटनगर तथा जनकपुरतर्फ कुदाइहाल्छन् यहाँ त हामी जस्ता गरीब र निमुखा वर्ग मात्र आउने हो, कुहिनामा चोट लागी घाउले ग्रस्त छोराको उपचार गराउन आएका रमेश यादवले भन्नुभयो, न त राम्ररी विरामी जाँच्छन् न त कुनै औषधी नै दिन्छन् ।

स्वास्थ्य चौकीमा सामान्य उपचारमा क्रियाशील देवकुमारी मण्डलले आफूहरुसँग भएको औषधी र सेवा सुविधा विरामीलाई उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । यहाँ सकिएका औषधी पठाइदिन भनेर पटक पटक जिल्ला स्वास्थ्य कार्यालयमा ताकेता पठाउँछौ तर उतातिरबाट समयमा औषधी उपलब्ध हुँदैन, उहाँले भन्नुभयो, उताबाट औषधी पठाइए पनि निकै कम परिमाणमा औषधी यहाँसम्म आइपुग्छ ।

नयाँ भवन निर्माण भएसँगै उक्त स्वास्थ्य चौकीमा सुरुमा दैनिक १५० जनासम्म विरामीहरु उपचार गराउन आउने गरेको स्थानीयबासी बताउँछन् तर स्वास्थ्यकर्मी र चौकीबाट उपलब्ध गराउनुपर्ने सेवासुविधाको अभावका कारण अहिले मुश्किलले दैनिक ३० जनासम्म मात्र विरामीहरु उपचार गराउन आउँदछन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..