» » उपेन्द्र यादवको चेतावनी, सविधान संशोधन गर्न आलटाल गरे सविधान खारेजको माग गर्ने


पर्सा माघ २८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलाई प्रमुख तीन दलले बेवास्ता गरेको भन्दै पुनर्लेखन नभए संविधान नै खारेज गर्ने कडा चेतावनी दिनुभएको छ ।

मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको संविधानलाई पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने चेतावनी उहाँले दिनुभएको छ ।

संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उद्घादन गर्दै यादवले भन्नुभयो,– ‘‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं ।’

प्रमुख तीन दलले एकअर्कालाई दोषि देखाएर संशोधनलाई थाती राखेर चुनावमा जाने षड्यन्त्रमा रहेको आरोप लगाउँदै यादवले संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गर्नुयभो ।

‘‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन भए मात्रै चुनाव मान्य हुन्छ’– उहाँले भन्नुभयो ।

संघीय गठबन्धनका संयोजक समेत रहनु भएका यादवले एकल जातीय र नश्लवादी सोँचको नेतृत्व गर्ने प्रमुख तीन दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिनै नसक्ने दावी गर्नुभयो ।

संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नभएको यादवले टिप्पणी गनुभयो ।

‘‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहनु भएको यादवले भन्नु्ुभयो,–‘‘संविधानका त्रुटि कमिकमजोरी सच्याउन सामान्य संशोधनले पार लाग्दैन । आवश्यक परे संविधान नै खारेज नयाँ संविधान लेखिनु पर्छ ।’

फोरम नेपालका अध्यक्ष यादवले मुलुकमा नश्लवादको जग र विखण्डनको बीउ रोप्ने तत्व नेकपा एमाले नै रहेको टिप्प्णी गरेका छन् । मधेशी, आदिवासी जनजाति विरुद्ध घृणा फैलाएर एमालेले नश्लीय सोँच र एकल जातीय राज्यसत्तालाई कायम राख्न खोजेको यादवको आरोप छ ।

मधेशको मूल समस्या नै आन्तरिक उपनिवेश भएको जिकिर गर्दै यादवले उपनिवेशको अन्त्यनै सबै समस्याको निकास भएको बताए । उहाँले भन्नुभयो,– ‘शासक वर्गले मधेशलाई अहिले पनि एउटा उपनिवेश कै रुपमा राखेका छन् । जसलाई हामीले आन्तरिक उपनिवेश भन्ने गरेका छौं । मूल समस्याको जड भनेकै आन्तरिक उपनिवेश हो ।’

शासक वर्गको मानसिकता मधेशी समुदायलाई अहिले पनि नेपाली नागरिकको रुपमा ग्रहण नगरेको यादवले टिप्पणी गर्नुभयो ।

औपचारिकतामा फरक कुरा देखिएपनि व्यवहारमा मधेशसँग समानता र सम्मान नदेखिएको यादवले बताउनुभयो ।

राष्ट्रिय राजनीतिको केन्द्र र राज्यको स्रोत साधनबाट मधेशी समुदायलाई बञ्चित गरिएकोप्रति उनले तीब्र असन्तुष्टि जाहेर गर्नुभयो ।

तीन दलसहित समग्र राज्यसत्ताले मधेशी समुदायलाई कहिल्यै नेपाली सरह व्यवहार नगरेकोप्रति उनले दुःख व्यक्त गरेका छन् ।
देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनु पर्नेमा जोड दिँदै यादवले मधेशीलाई विदेशी ठान्ने मानसिकता देशमा हावी भएको यादवले आरोप लगाउनुभयो ।

उहाँ्ले भन्नुभयो,–‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा यस्तो विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र सम्बृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन ।’

फोरम नेपाल पर्साको जिल्ला अधिवेशन सुरु
संघीय समाजवादी फोरम नेपाल पर्साको प्रथम एकता जिल्ला अधिवेशन शुक्रबारदेखि  वीरगञ्जमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त अधिवेशनलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

शनिबारको बन्द सत्रले पर्सा नयाँ नेतृत्व चयन गर्ने फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..