![]() |
फाइल फोटो |
प्रहरी चौकी वडवलियामा कार्यकर्ताले ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको जनाइएको छ । झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन नामको हतियार लुटिएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।
स्थिति नियन्त्रणमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली मर्चवार क्षेत्रमा गएको रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर थापाले जानकारी दिनुभयो ।
हिजो मर्चबार क्षेत्रको मझगावामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। सोही घटनापछि राउतकै कार्यकर्ताले प्रहरी चौकीलाई निशाना बनाएको प्रहरीले आशंका गरेको छ ।
No comments: