» » स्ववियु चुनावको बारेमा मधेशी विद्यार्थीले के गर्ला निर्णय ?


काठमाडौ फागुन ६ गते । बिप्लब माआवादी विद्यार्थी संगठनको दवावमा सरकारले स्ववियु चुनावको मिति सारेपनि मधेशी मोर्चामा आवद्ध विद्यार्थी संगठनको माग प्रति कुनै सुनुवाई गरेको छैन ।

विभिन्न माग राखि आन्दोलन मधेशी विद्यार्थी संगठनले विप्लब माओवादीको दवावमा चुनावको मिति सारेको छ तर आफूहरुले राख्दै आएको माग प्रति कुनै सुनुवाई नगरेको कारण आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

यसको बारेमा मोर्चामा आवद्ध सातवटै विद्यार्थीको संगठनको बैठक जनकपुरमा बसिरहेको छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु हुनुपर्ने, तीन विद्यार्थी संगठनको सिण्डिकेट अन्त्य हुनुपर्ने तथा माघ १४ यता भएका विद्यार्थी भर्ना खारेज हुनुपर्ने लगायतका माग राख्दै मधेशी विद्यार्थीहरु आन्दोलनमा छन् ।

यसैबीच कपिलवस्तु जिल्लाको शिक्षा धरोहर रहेको कपिलवस्तु बहुमुखि क्यामपसमा स्वावियू चुनाव स्थागित गर्न विभिन्न विद्यार्थी संगठनहरुले माग गर्दै हिजो तालाबन्दी गरेको छ ।

स्वावियूको चुनावमा ३ दलका विद्यार्थीहरुको निर्णयले माग समाबेश नाभएको भन्दै स्वावियू चुनाव स्थागितको माग गर्दै तालाबन्दी गरेको हो ।

 पुर्ण समानुपतिक, अबैध भर्ना र ठुला ३ दलको मात्रै सर्वोपरि निर्णय एव समर्थन भएको हुनाले सो निर्णयको अपहेलना गर्दै, आफूहरुको मागप्रति पुर्ण सहमति एंव समर्थन नहुन्जेलसम्म तत्काल हुन गई रहेको स्ववियू निर्वाचन स्थागितका लागी विद्यार्थी संगठानहरुले सहायक क्यामपस प्रमुख नवराज तिवारीलाई ज्ञानपत्र दिएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल , समाजवादी विद्यार्थी फोरम, नेपाल, नाँयशाक्ति नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, सदभावना विद्यार्थी संगठन, तराई मधेश विद्यार्थी फ्रन्ट लगायतको विद्यार्थी संगठनहरुले स्वावियू चुनाव स्थागितको मागगर्दै स्वावियू भवानमा तालाबन्दी गरेका छन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..