» » सद्भावना पार्टीको विस्तारित बैठक वीरगञ्जमा



वीरगञ्ज माघ २८ गते । सदभावना पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठक वीरगंजमा शुरु भएको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा माघ २८ र २९ गते विस्तारित बैठक र फाल्गुन १ गते बैठकमा सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी केन्द्रीय सदस्य उपेन्द्र महतोले दिनुभयो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा केन्द्रीय कार्य समिति, राष्ट्रीय सल्लाहाकार समिती, संसदीय समिति,  अनुशासन समिति, केन्द्रीय स्तरको सबै बिभाग, सबै वर्गिय मंचका केन्द्रीय अध्यक्ष, सबै जिल्लाका जिल्ला अध्यक्ष र केही आमन्त्रित पार्टीका सदस्यहरू गरी २५० जनाको सहभागिता रहेको पार्टीका केन्द्रीय सचिव राजाराम पासवानले जानकारी गराउनुभयो।

वर्गिय मंचहरूको संगठन सम्बन्धी प्रतिवेदन, पार्टी राष्ट्रीय महाधिवेशन, सदभावना पार्टी परिचालन निर्देशिका २०७३, सदभावना पार्टी आर्थिक नियमावली २०७३, पार्टी नियमावलीमा संसोधन, मधेशी ट्रेड यूनियन महासंघ नेपालको संगठन बिस्तार, समसामयिक राजनीतिक परिस्थिति र विविधमा रा का स बिस्तार सम्बन्धी बैठकको प्रमुख एजेण्डा रहेको पार्टी महासचिव मनीष कुमार सुमनले जानकारी गराउनुभयो।

तीन बुँदे सहमतीमा सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समर्थन गरेको भए पनि मधेश आन्दोलन सम्बन्धमा सरकारले अधुरो संबिधान संसोधन विधेयक संसदमा दर्ता बाहेक केही नगरेको आरोप मोर्चाको छ।

बैठकले सरकारलाई दिएको समर्थनमा पनि पुनर बिचार गर्ने बुझिएको छ। साथै बैठकले मधेश आन्दोलन, सम्बिधान संसोधन,  चुनाव, आगामी आन्दोलन लगायतको बिषयमा पनि ठोस निर्णय लिने बुझिएको छ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..