» » पत्रकार धर्मेन्द्र झा सम्मानित

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान–२०७३’ द्वारा सम्मानित हुनुभएको छ ।

विकास पत्रकार मञ्च नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा विकास पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउनुका साथै विकास पत्रकारितालाई सुरुदेखि नै अभियानका रुपमा सञ्चालन गर्दै आउनुभएका झालाई व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारीले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभयो ।

विकास समितिका सभापति अधिकारीले राजनीतिक दलहरुले समेत विकासलाई मूल मुद्दा बनाएर अघि बढेको उल्लेख गर्दै सञ्चारबिना विकास अधुरो हुने भएको हुँदा विकास पत्रकारितालाई मूल विषयमा बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मानित पूर्व सभापति झाले आफूले विकास पत्रकारिताबिना विकास सम्भव नभएको कुरालाई सुरुदेखि नै उठाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..