» » मोरङलाई मधेश प्रदेशमा मिलाउनु पर्ने माग गर्ने मधेशी नेताका लागि यो समाचार


मोरगं, फागुन ८ गते । मोरगंलाई दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशमा मिलाउनुपर्ने भन्दै मधेशी मोर्चाले आन्दोलन गर्दै आएका छन् । संघीय समाजवादी फोरम नेपालका आधार इलाका पनि हो मोरगं ।

सद्भावना पार्टीले नाकामा प्रहरीबाट कुटाइ खाएको जिल्ला हो मोरगं । नेपाल सद्भावना पार्टीबाट राजनीतिक गर्नु भएका जिल्ला हो मोरगं तर मधेशीको अवस्था कस्तो रहेछ त्यसको प्रमाण हिजो सम्मन्न भएको नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट पुष्टि भएको छ ।

एकजना मधेशी पनि महासंघमा जित्न सकेका छैन ।

विरानटगरमा मधेशी पत्रकारहरु छैन भने होइन । तर महासंघका अवस्था हेर्दा मोरगंमा मधेशी मोर्चाले अन्धयारोमा झटारो हानेको जस्तो भान हुन्छ ।

हिजा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका हुनुभयो ।

त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला) मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन् ।

दुवै जनाले समान मत ल्याएका हुन् ।

यस्तै, सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी) मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित हुनु भएको हो ।

सदस्यमा खुल्लातर्फबाट ध्रुव भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज बस्नेत, श्रीमन्त भट्टराई र सुमन घिमिरे विजयी भएका छन् भने आरक्षिततर्फ ज्योति चौहान (महिला) प्रेम देवान (आदिवासी) र नवीन कर्ण (मधेसी) सदस्य पदमा विजयी हुनु भएको छ ।

केन्द्रीय पार्षदमा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइँटेल, विक्रम निरौँला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै, महिला आरक्षित पदमा विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल विजयी हुनुभएको छ ।

एक सय ८३ जना मतदातामध्ये १७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । महासंघको सदस्यमा मधेशी पत्रकार २२ जना रहेका छन् ।

स्रोताका अनुसार ५० जनाभन्दा बढी मधशी पत्रकारहरु मोरगं जिल्लाका विभिन्न सञ्चारमाध्यममा सहभागि भएर काम गरिरहेका छन् । जसमा कतिपय जनाले आफ्नै पत्रिका तथा एफएम सञ्चान पनि गर्नुभएको छ । मसाल दर्पणका मुकेश यादव सम्पादक रहनु भएको छ भने जनहित साप्ताहिकका सम्पादक सत्यानारायण साह हुनुहुन्छ ।

त्यस्तै ब्रहमदेव यादव सृष्टि दैनिकका उपसम्पादक हुनुहुन्छ भने विराटनगर सप्ताहिकका अविनाश निधि सम्पादक हुनुहुन्छ ।

क्राइम अप्रेशनको सम्पादक श्यामलाल सुतियार हुनुहुन्छ भने अरविन्द मेहता नागरिक एफएमको मालिक हुनुहुन्छ । प्रल्हाद साह मकालु एफएमका मालिक हुनुहुन्छ । दिनेश साह राष्ट्रवादी साप्ताहिकका सम्पादक हुनुहुन्छ ।

स्ववियु चुनावको मिति पनि घोषणा भइसकको छ । यद्यपी संयुक्त मधेशी विद्यार्थी मोर्चाले विभिन्न माग राखि आन्दोलनको वहिष्कार गर्ने भनेको छ ।

त्यस्तै स्थानीय तहको चुनावका मिति घोषणा हुन गइरहेको छ । यस अवस्थामा मधेशीहरुको अवस्था के हुने हो त्यो परिणामले बताउँछ । तर महासंघका चुनावले राम्रो संकत गरेको छैन । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..