काठमाडौ फागनु १७ गते । स्थानीय चुनावलाई लिएर मधेशी मोर्चाा आन्दोलन भए जस्तै त्यसका भातृ संगठन संयुक्त मधेशी विद्यार्थी मोर्चा पनि आन्दोलित भएको छ ।
विद्यार्थी मोर्चाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगितको माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।
सविधान संशोधन विधेयक पारित नगरि स्थानीय चुनावको मिति घोषणा गर्नुले देशमा द्धन्दको सृजना भएको अवस्थामा स्ववियुको चुनाव घोषणा गर्न नहुने ध्यानाकर्षण गराउँदै विद्यार्थी मोर्चाले मधेशी मोर्चा आन्दोलित भएको अवस्थामा स्ववियु चुनाव गर्न सम्भव नभएकाले त्यसको स्थगित गर्न माग गरेको छ ।
भोलीदेखि स्ववियुको चुनाव हुँदैछ, विभिन्न क्याम्पसमा तोडफोड हुनुको साथै तालाबन्दी भएको छ, त्यस अवस्थामा चुनाव गराउन उपयुक्त नभएको पनि विद्यार्थी मोर्चाले ध्यानाकर्षण गराएको छ ।
संयुक्त मधेशी विद्यार्थी मोर्चाले आज प्रचण्डलाई बुझाएको ज्ञापनपत्र (DASTAWEJ)
No comments: