» » सङ्घीयता कार्यान्वयनका लागि सविधान संशोधन


धनुषा, फागुन १ गते । नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान संशोधनपछि मात्रै सङ्घीयता कार्यान्वयन हुने बताउनु भएको छ ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरेर मात्र कुनै पनि किसिमको चुनाव हुनका लागि वातावरण बन्ने हुनाले अहिले संशोधन नै प्रमुख कार्यसूची हुनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत हुनु भएका डा भट्टराईले भागबण्डाको आधारमा सुरक्षा निकायको प्रमुखको नियुक्ति गर्नु दुर्भाग्यपूर्ण रहेको आरोप लगाउनुभयो । उनले सत्ता साझेदार दलहरुले विधि र प्रक्रिया मिचेर भ्रष्टाचारजन्य गतिविधिलाई बढवा दिएको र यस्ता गतिविधिले मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनुभयो ।

आधुनिक जनकपुर निर्माणको मागसहित विगत १० दिनदेखि जनकपुरको जनकचोकमा आमरण अनसनमा बसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति नेपाल प्रदेश नं. २ का सह–संयोजक कलामुद्दिन राइन र महोत्तरी एकरहिया वडा नं. २ का स्वतन्त्र युवा मिथिलेश्वर दासलाई भेट्न अनसनस्थल पुगेका डा भट्टराईले जनकपुरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रमुख दलहरुले गरेका त्रुटीकै कारण संविधान कार्यान्वयन हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले प्रस्तुत भएका संशोधन विधेयक सम्पूर्ण नेपाली जनताको माग सम्बोधन गर्न नसक्ने भएकाले परिमार्जनसहितको संशोधन विधेयकबाट सम्पूर्ण नेपालीको मागलाई सम्बोधन गर्नतर्फ अग्रसर हुनुपर्छ ।’’

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आधुनिक जनकपुर निर्माणका लागि सात सुत्रीय माग राख्दै १० दिनदेखि आमरण अनसनरत वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, कलामुद्दिन राइन र मिथिलेश्वर दासको जीवन रक्षाका लागि सरकारसँग माग गर्नुभएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..