» » सरकार र मधेशी मोर्चाको बालुवाटार बैठकः टाँई टाँई फिस्स


काठमाडौ फागुन ८ गते । सरकार र मधेशी मोर्चाबीच आज पनि कुरा मिलेनन् । सरकारले चुनावको मिति घोषणा गर्न दिनुस् भन्यो भने मधेशी मोर्चाले चुनावको मिति घोषण भयो भने आन्दोलन शुरु गर्ने चेतावनी दियो । जुन कुरा शनिवारको बैठकमा पनि भएको थियो ।

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच विहान भएको छलफलले मोर्चाका चारजना शीर्षस्था महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्रराय यादवलाई मात्र बोलाएर वार्ता गर्ने भएपछि केही नयाँ होला भनेको त उही पुरानो कुरा ।

बैठकपछि सहारा टाइम्ससँग कुरा गदै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भन्नुभयो, सरकारले जस्तो कुरा गरे हामी पनि त्यस्तै कुरा गर्यौं, हिजैको जस्तै चुनावको मिति घोषणा गर्नमा सहयोग गर्न माग्यो हामीले भनियौं, चुनावको मिति घोषणा गर्न तपाईलाई कसले रोकेको छ तर समस्या समाधान नगरि चुनावको मिति घोषणा गर्नुभयो भने हामी आन्दोलन घोषणा गर्छौ, यति भनेपछि प्रधानमन्त्रीजीले केही जवाफ दिनुभएन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..