» » मधेश प्रदेशका वकिलहरुले दिनुभयो बारबाट राजिनामा


काठमाडौ माघ २७ गते । न्यायपरिषद्ले न्यायधिशको नियुक्ति अमावेशी गरेको भन्दै दुई नम्बर प्रदेशका वकिलहरुले नेपाल बार एशोसिएशनको सदस्यबाट राजजिनामा दिएका छन् ।

आज बारको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले राजिनामा दिएका हुन् । न्यायपरिषद्ले गरेको न्यायधिशको नियुक्ति गैरसवैधानिक, असमावेशी रहेको भन्दै त्यसको विरुद्धमा उहाँहरुले राजिनामा दिएको अधिवक्ता मनोहर साहले जानकारी गराउनु भएको छ ।

नियुक्ति प्रति बारेले हालसम्म कुनै प्रतिकृया नदेखाएको हुनाले सो बारेमा बसिरहनुको आवश्यकता नदेखिएकाले आफूहरुले सामूहिक राजिनामा दिएको साहले जानकारी दिनुभयो । उहाँले मधेश प्रदेशका कम्तीमा डेढसय जना अधिवक्ताहरुले राजिनामा दिएको जानकारी गराउनुभयो ।

परिषद्ले हालै ८० जनाको नियुक्ति गरेको छ । त्यो नियुक्ति समावेशी समानुपाति नभएको भन्दै मधेशवादी दललगायत कानुन व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..