» » के अब होला त मधेशी मोर्चा र सरकारबीचको सम्बन्ध विच्छेद ?


काठमाडौं फागुन ७ गते । मधेसी मोर्चाका नेताहरुले सरकारले चुनावको मिति घोषणा गरेकै दिन आफूहरुले पनि आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग आज भएको छलफलका क्रममा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास नभई घोषणा गरिने चुनावको औचित्य नहुने र चुनावको मिति घोषणा हुने दिन नै आन्दोलनको मिति घोषणा गर्ने चेतावनी दिएको छ ।

बैठकमा मधेशी मोर्चाका नेताहरुले चुनावको मिति घोषणा गरेकै दिन सरकारसँग सम्बन्ध विच्छेद पनि हुने चेतावनी दिएको छ । तर, त्यो निर्णयका लागि केही दिने पर्खिने भएको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आज आफूहरुका या दवाव चुनावका मिति घोषणा गर्छ कि गर्दैनन् त्यो पहिला हेरौं, यदि चुनावको मिति घोषणा भयो भने आफूहरु सोही दिन बैठक बसेर सरकारलाई दिएका समर्थनको बारेमा निर्णय लिने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्ने सबै तयारी पूरा भएको भन्दै त्यसमा सघाउन मोर्चालाई आग्रह गर्नुभएको थियो ।  चुनावको मिति घोषणा गरेलगत्तै संशोधन विधेयक पास गराउने तर्फ सरकारको ध्यान रहने भन्दै चुनावको मिति घोषणामा सकारात्मक बन्न प्रमको आग्रह गर्नुभयो ।

‘संशोधनमा लागे चुनाव अन्योलमा भएकाले मात्रै संशोधनलाई अहिले थाती राखिएको हो’, बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक मोर्चाका नेताले भन्नुभयो, ‘चुनाव घोषणा भइको भोलिपल्टै विधेयक पास गराउनतर्फ लाग्छौं, तपाईहरु ढुक्क हुनुस् ।’

तर प्रधानमन्त्रीको सो आग्रहलाई मधेसी मोर्चाले अस्विकार गरेर बालुवाटारबाट हिँडेको बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..