» » प्रधानमन्त्रीको दुत भएर दिल्लीतिर

काठमाडौं फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुग्नु भएको छ ।

 पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ ।

मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको राजनीतिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।‘

श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गराउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्देछन्’ श्रोतले भन्यो ।

माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलगाईका अनुसार पार्टी संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि राजनीतिक भेटघाट गर्नेछन् ।

‘पार्टीका प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न जानुभएको हो।’ चौलगाईले भन्नुभयो, र सोही क्रममा भारतीय राजनीतिक दलका नेतासँग स्वभाविक रुपमा त्यहाँ भेटघाटका कार्यक्रम हुनेछन्।’

उहाँका अनुसार सोमावार श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम भएपनि लम्बिन सक्ने सम्भावना बढ्दै गएको खबर आजको नागरिकमा छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..