» » खानमाथि गोली प्रहार

सिरहा फागुन १ गते । सिराहाको मिर्चैयामा अज्ञात समुहले माओवादी केन्द्रका भातृ संगठन वाइसीएलका सिरहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली हानिएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई भरुवा बन्दुकबाट अज्ञात समूहले गोली हाने हो । खानको टाउकोमा छर्रा लागेको छ, घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..