» » पत्रकार धनवीर राससबाट पुरस्कृत

महोत्तरी, फागुन १० गते । महोत्तरीका यूवा पत्रकार धनवीर महतो राष्ट्रिय समाचार समितीको ५६ औ बार्षिकोत्सवको अवसरमा पुरुस्कृत हुनुभएको छ ।

राष्ट्रिय समाचार समिती (रासस)ले आफ्नो बार्षिकोत्सवको अवसरमा स्थानिय समाचारदातालाई पुरुस्कृत गर्ने क्रममा राससका महोत्तरी सम्बाददाता युवा पत्रकार महतोलाई पनि पुरुस्कृत गरेका हुन् ।

गत शनिवार राससको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहकाबीच महतोलाई मोसफलको तर्फबाट उत्कृष्ट तस्वीरको लागि छनौट गरि सम्मानपत्र र नगद ५ हजार प्रदान गरि पुरुस्कृत गरेका हुन । सो समारोहकाबीच नेपाल सरकारका सुचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले उनलाई पुरुस्कृत गरेका थिए ।

महतोले यसबर्ष राससमा पठाएको सरस्वती पूजाको दिन मुसहर समुदायका बच्चाहरु सामुहिक रुपमा कखरा सिख्दै शिर्षकको फोटो उत्कृष्ट फोटोको रुपमा छनौटमा परिएको थियो । महतोसँगै उत्कृष्ट फोटो विधातर्फबाट राजधानीबाट राससका रत्न बहादुर श्रेष्ठ पनि पुरुस्कृत हुनुभएको हो ।

महतोले विगत ३ बर्षदेखि निरन्तर रुपमा राष्ट्रिय समाचार समितीको लागि स्ट्रेन्जरको रुपमा समाचार, फोटो तथा आलेख पठाउदै आएका छन ।

रेडियो गौशालामा करिब ६ बर्षदेखि समाचारबाचक तथा रिपोर्टिङ्गको रुपमा कार्यरत रहनुभएका महतो चिनीमिलको जागिर छाडेर यसक्षेत्रबाट विभिन्न सञ्चारमाध्यमको लागि कलम चलाउदै आउनुभएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..