» » अनसन तोडाउन एउटा पत्रकार खेले यस्तो भूमिका


अमरेन्द्र कुमार यादव
धनुषा फागुन ६ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित नयाँ शक्ति पार्टी नेपालका कलामुद्धीन राइन र मिथिलेश्वर दासले जनकपुरको जनक चौकमा गरेको आमरण अनशन पत्रकारको पहलमा तोडिएको छ ।

जनकपुरका  नागरिक दैनिकका पत्रकार सुरेश यादवको विषेश सकृयतामा उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अनशन तोडाउनु भएको हो ।

जनकपुर आउनु भएका गृहमन्त्री निधिसँगको बिहानैदेखिको प्रयासपछि आमरण अनशन तोकिएको हो । पत्रकार यादवका अनुसार आफु अनशन बारे बिहानै गृहमन्त्री निधिसँग भेँटगरी अनशनकारीको स्वास्थ्य लगायतका विषयमा विमर्श गर्दा टुङ्गो नलागेपछि देशको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अनशन तोडाउने भनेपछि उहाँ अनशन तोडाउन सहमत हुनुभएको थियो ।

उपप्रधान एवं गृहमन्त्री मागबारे सकारात्मक भएपछि शर्मासहितले अनशन तोड्नु भयो । शर्मा, राईन र दासले जनकपुर विकासका लागि सात बुँदे माग राखी माघ २० गतेदेखि आमरण अनशन गर्नुभएको थियो ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनसन स्थल पुगेर अनशनकारीहरुसित वार्ता गरी सात बुँदे लिखित सहमति गरे ।

गृहमन्त्री निधिले माँग सम्बोधनका लागि तीन दिनभित्र नेपाल सरकारको सचिव स्तरीय सात सदस्यीय समिति गठन गरी एक महिनाभित्र माँगहरुको कार्यन्वयनका लागि उपयुक्त प्रकृया अपनाउने सहमति गर्नुभएको हो । लिखित सहमति भएपछि मन्त्री निधिकै हातबाट जुस पिएर उनीहरु अनशन तोडे ।


शर्माले वृहत्तरका कार्यकारी निर्देशक उमेश यादव र मर्यादा विपरित परिषद्लाई धराशायी बनाउन भूमिका निर्वाह गरेका धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई कारबाही गर्न, ऐतिहासिक एवम् पुरातात्विक महत्वका जानकी मन्दिरसहित अन्य मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्नुपर्ने, जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षि जनक विश्वविद्यालयको आवश्यक निर्माण कार्य अगाडी बढाउनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेन बाह्य चक्रपथ निर्माण गर्नुपर्ने लगायतका माग राख्नु भएको थियो ।

सहमतिपछि गृहमन्त्री निधिले शर्माले राखेका मागहरुमध्ये अधिकाँश आफैंले उठाएको मुद्दाहरु रहेको भन्दै कार्यन्वयनका लागि अग्रसरता लिने प्रतिबद्धता जनाउनुभएको थियो । अनशन तोडिएपछि तीनैजनालाई स्वास्थ्य उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो ।

अनशनस्थलमा प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, धनुषाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।अनशनका माँगहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, सह संयोजक रामचन्द्र झा लगायतले अनशन स्थलमा पुगेर ऐक्यबद्धता जनाउनु भएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..