» » मधेशी मोर्चाले भन्यो, ‘हामी सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौ’


काठमाडौं, फागुन ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने घोषणा गर्नुभएका छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनावको लागि सबै प्रक्रिया पूरा भईसक्यो, यसको लागि निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि निर्वाचनको मिति घोषणा गरिनेछ ।’

निर्वाचनको मिति घोषणा गर्नेबारेमा मधेशी मोर्चासँग पनि छलफल गरेको तर उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुने बताउँदै उहाँले स्थानीय तह पूर्नसंरचनामा मधेशी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पूर्नसंरचना गर्ने समेत जनाउनुभयो ।

यता मधेशी मोर्चाका नेता राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रमा बोल्नु हुँदै यादवले भन्नुभयो, ‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ ।’

उहाँले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन कुनै हालतमा हुन नसक्ने ठोकुवा गर्नुभयो । स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन पनि विवावस्पद छ, त्यसलाई सच्याउनको लागि सरकारले गठन गरेको समितिको प्रतिवेदनपनि सावर्जनिक भएको छैन, अनि के को चुनाव गर्ने ?’ उहाँले भन्नुभयो, केन्द्रले नै स्थानीय तहको निर्वाचन गरेर संघीयता नै फाल्न खोजेको छ ।’

हामी चुनावको विरोधी होईनौं, तर पहिला समस्याको समाधान गरेरमात्रै सार्थक निर्वाचन गर्नुपर्छ’ उहाँले भन्नुभयो, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन हुनै सक्दैन भनेर झूठको खेती गरिरहेको छ ।’
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भिडन्तको राजनीति सुरु हुने चेतावनी दिनुभयो । अध्यक्ष झाले भन्नुभयो, ‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो ।’

उहाँले जबरजस्ती चुनावको मिति घोषणा गर्नु भनेको सरकारले भीडन्तको राजनीति निम्त्याउनु भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जबरजस्ती चुनाव गरिए मधेशी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन्, हामी बरु सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौं ।’

उहाँले मधेशको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधेशको धागो कमजोर हुने बताउनुभयो । अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भीडन्तबाहेक केहप्ी हुँदैन्’ उहाँले भन्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..