» » धुर्मुसले मुसहर समुदायका लागि कसरी बगाउँदैछन् पसिना हेर्नुस् फोटो फिचर


बर्दिबास, माघ २९ गते । मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबासस्थित निर्माणाधिन एकिकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदान गरिरहनु भएको छ ।

उहाँ मुसहर बस्ती आएकै दिन उहाँलाई तराई मधेसबाट एक लाख बराबरको सहयोग रकम प्राप्त भएको छ । महोत्तरी बर्दिबास स्थित गौतम होटलका संचालक हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाख रुपैंया बराबरकोे चेक हस्तान्तरण गर्नुभएको छ ।

बस्ती निर्माणमा साबेलले मसाला फिट्दै गरेका धुर्मुसलाई भेटेर उहाँले  चेक हस्तन्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘मुसहर बस्ती निर्माणले तराई, पहाड र हिमाललाई एउटै मालामा उन्ने काम भएको  छ । त्यसैले बस्ती निर्माणमा  जो जहाँ हुनुहुन्छ त्यहीबाट सबै जना बस्ती निर्माणमा खुलेर सहयोग गरौं ।’

चेक लिदैं धुर्मुशले भन्नुभयो, ‘सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागि रहेका हौं । मुसहर बस्तीको निर्माण कार्य सम्पन्न गरि बैशाख १ गते बसौंदेखिका घरबारविहिन मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउँदैंछौं । निर्माण कार्य सम्पन्न गर्न अब हामीसँग मात्र दुई महिना बाँकी छ । हालसम्म हामीले ३५ प्रतिशत काम सकेका छौं ।’

धुर्मुस यतिखेर वस्तीमा स्थानीयसँग श्रमदान गरेर समृद्ध देश बनाउन पसिना बगाइरहेका छन् । बस्ती निर्माणको अफिसियल कामले हाल काठमाँडौंमा रहेकी सुन्तली धुर्मुसलाई सघाउन फाल्गुण १ गतेबाट बस्ती निर्माणमा जुट्ने बताइएको छ ।

हालसम्म  झन्डै दुई करोंड भन्दा बढी रकम संकलन भएपनि बस्ती निर्माणका लागि अझै दुई करोंड ५० लाख रकम अपुग रहेकोले तराई मधेशका उद्योगि, व्यापारी, समासेवी साथै सम्पूर्ण सहयोगी मनहरुसंग धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् । बस्ती निर्माणमा झन्डै चार करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको छ ।

बस्ती निर्माणको अभियानमा चाँडौं भन्दा चाडौं सहयोगी मनहरुलाई सहयोग गर्न धुर्मुस सुन्तलीले संयुक्त अपिल गरेका छन् ।


















About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..