» » जोखिममा परेको वालवालिकालाई शैक्षिक सामग्री


महोत्तरी, माघ २६ गते । महोत्तरी बेलगाछी गाविसमा जोखिममा परेको ९ जना वालवालिकाहरुलाई सामुदायिक परिवार कल्याण संघ महोत्तरीले शैक्षिक सामग्री वितरण गरेको छ । आज दिउँसो वेलगाछी गाविसको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच त्यस्ता वालवालिकालाई ६५ हजार ६ सय ८५ रुपैयाँ बराबरको शैक्षिक सामग्री एवम पोशाक प्रदान गरेका हुन ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग एवम सामुदायिक परिवार कल्याण संघ महोत्तरीको आयोजनामा स्थानिय अनिषा कुमारी यादव, सुशिला कुमारी महतो, कविता कुमारी सदा, रविन्द्र कुमार महतो, सविन कुमार आले, रुपेश महरा, सरिता कुमारी यादव, अमित पासवान तथा सन्जु कुमारी पासवानलाई शैक्षिक सामग्री एवम् पोशाक वितरण गरेका हुन् ।

त्यस्तै सुशिला, सन्जु र अनिषाको अभिभावक क्रमशः सन्तु महतो, किरणदेवी पासवान र शीतलदेवी यादवलाई १, १ थान पाडी प्रदान गरेका हुन् ।

कार्यक्रमका बीच सामुदायिक परिवार कल्याण संघ वेलगाछीका सामाजिक परिचालक छिरिङ्गदोर्जे लामाले शिक्षाबाट बञ्चित रहेका एवम् विचमै पढाई छोडका वालवालिकालाई समुदायबाट पहिचान गरि विद्यालयसम्म जाने वातावरण वनाउन सहयोग गरेको जानकारी दिनुभयो । शैक्षिक सामाग्रीको अभावमा विद्यालयसम्म जानेको स्थितीको अन्त्य भएको र अब उनीहरु नियमित रुपमा पढ्नसक्ने विश्वास दिलाउनुभयो । कार्यक्रम गाविस वालसंरक्षणका संयोजक दिनेश कुमार महतोको अध्यक्षता एवम गाविस सचिव धर्मराज वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..