राजविराज, फागुन ५ गते । सांसद तथा पूर्व मन्त्री उमेशकुमार यादवले विकास विरोधीहरुको भण्डाफोर गर्न आफुले गाउँकेन्द्रित कार्यक्रम अघि बढाएको बताउनु भएको छ ।
आफैंले सञ्चालन गरेको ‘जनतासँग सांसद कार्यक्रम’ अन्तर्गत आज राजविराजमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्दै उहाँले विकास निर्माणका लागि आएको वजेट कतिपय विकास विरोधीका कारण काम हुन नसकेको बताउनुभयो ।
उहाँले आफु गाउँ गाउँमा जाने, विकास नपुगेका स्थानमा विकासका लागि पहल गर्ने, कसैका कारण गतिविधि रोकिएका भए त्यसको भण्डाफोर गर्ने तथा आफूबाट गल्ती भएको भए जनतासँगै माफि माग्ने बताउनुभयो ।
आफूले सुरु गरेको जनतासँग सभाषद कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, आर्थिक उन्नती र जनतासँग प्रत्यक्ष जोडिएका अन्य गतिविधिका विषयमा सुझाव संकलन, गाउँमा देखिएका समस्या समाधानका लागि पहल र राजनितिका आडमा भईरहेका अवान्छित कृयाकलापलाई जनता समक्ष उजागर गर्ने उहाँले बताउनुभयो ।
लोकतन्त्र र प्रजातन्त्रका नाममा विष घोल्ने र विष वमन गर्ने काम पनि भईरहेकोतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, –‘पानी आफै विषालु हुँदैन, त्यसमा कसैले विष छर्ने काम गरेकै हुनुपर्छ ।’
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका यादवले आफुले प्रयास गरेका कतिपय कामको जानकारी दिदै त्यसको निरन्तरताका लागि स्थानीय स्तरमा पनि पहल हुनुपर्ने धारणा राख्नुभयो ।
सबैभन्दा बढि दलित बस्ति भएको सप्तरीमा कोहि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित नहुन भन्नका लागि ४२ वटा टोल कक्षा संचालन, डेभ दर्जनभन्दा बढी विद्यालयमा कक्षा १० मा अद्ययनरत विद्यार्थीलाई लक्षित गरी निशुल्क कोचिङ्ग कक्षा संचालन गरिएको, ‘हरियाली जोगाऔं’ कार्यक्रम अन्तर्गत २५ हजार घरपरिवारलाई गमला सहितको वहुवर्षिया विरुवा वितरणको कार्यक्रम ल्याईएको लगायतका विषयमा पनि यादवले जानकारी दिनु भएको थियो ।
No comments: