» » उमेर हद लगाए प्रतिकार गर्ने नेविसंघ नेताको चेतावनी

काठमाडौँ, पुस २४ । आगामी फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा लगाइने भनिएको उमेरहद नेविसंघले नमान्ने बताएको छ ।
नेविसंघ त्रिचन्द्र अध्यक्ष विष्णु पौडेलले उमेर हद लाइए त्यसको प्रतिकार गर्ने भन्दै लोकतन्त्रमा कसैंलाई निषेध गर्ने नहुने बताए । यो कस्तो पद्धति हो जहाँ भर्ना हुने, मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने ? यो कस्तो लोकतन्त्र हो ? उनले प्रतिप्रश्न गरे । आज त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रर्दशन गर्दै उमेरहद नमान्ने बताएका हुन् ।
त्यस्तै नेविसंघका पूर्व नेता तथा त्जष्लप तबलपपिताम्बर भण्डारीले विद्यार्थीको उमेर नहुने र स्वतन्त्र रुपमा सवैले उम्मेदवार हुने पाउनुपर्ने वताउनुभयो । उहाँले थप्नुभयो । अझै विपी र गिरिजाप्रसादले ८४ वर्षमा ल्याएको लोकतन्त्रका अनुयायीले यस्तो निर्णयलाई मान्न नसकिने बताउनुभयो ।
स्वावियू जोगाउन उमेरहद मान्नुपर्छ भन्ने केहि नेताको उद्धत गर्दै थप्नुभयो के हिजो गाउँ गाउँमा माओवादी आन्दोलन ताका ज्यान वचाउन सवै माओवादी भएको भए कुन झण्डा मुनी नेता बन्नुहुन्थ्यो, के जोगाउने सर्तमा आफ्नो सिद्धान्त छोड्न मिल्छ ?
सो कार्यक्रममा नेविसंघका नेता तिलक पुन, सुन्दर वडाल लगायतले उमेरहद मान्न नसकिने वताएका थिए ।यसैगरी आजै काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्यको संयोजनमा उपत्यकाका सवै क्याम्पसका इकाई अध्यक्षहरुले नेविसंघ केन्द्रमा ज्ञापनपत्र बुझाएको अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

About Staff Reporter

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..