» » अभियन्ताले थाले अभिमुखीकरण अभियान


सिरहा,२८ पुस । सरसफाई अभियन्ता तथा जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति सिरहाका सरसफाई दुत धिरेन्द्र साहले विद्यार्थी अभिमुखीकरण अभियान आरम्भ गरेको छ । 
जिल्लाको विभिन्न माध्यमिक, उच्च माध्यमिक विद्यालयहरुमा उक्त अभियान केन्द्रित गरेको छ । निम्न माध्यमिक,माध्यमिक र उच्च माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरुलाई जिल्लामा भइरहेको खुल्ला दिशामुक्त अभियानमा ध्यान केन्द्रित गर्न अभियान थालेको अभियन्ता साहले बताए । 
एक हप्तायता सिरहाको नेपाल राष्ट्रिय फुलकुमारी महतो उच्च मावि बन्दीपुर, जनसेवा उच्चमावि कर्जन्हा, उच्चमावि बस्तीपुर, एभरेष्ट कलेज लहान, मोहन उमावि मिर्चैया र बावुजी राय जुनाई ठाकुर मावि फुलवरिया गरी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खुल्ला दिशामुक्तको महत्व दर्शाउदै उनीहरुको ध्यान जिल्लाले लिएको अभियानमा केन्द्रित गराएको उनले दाबी गरे । 
उनका अनुसार प्रति विद्यालय दुई सय देखि चार सयको संख्यामा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको छु । विद्यालय तथा घरायसी समस्याहरुको बारेमा समेत अभिमुखीकरणमा चर्चा गरिने गरेको उनले जनाए । उनले डिवास सीसी सिरहाले लिएको लक्ष्यमा बल पु¥याउन व्यक्तिगत रुपमा यो अभियान थालेको बताए । ‘खासै खर्चको आवश्यकता नदेखिएकोले अरुसँग सहकार्य गरिन्,’उनले भने,‘आवश्यक परे सहकार्य गर्न सकिन्छ ।’
अभियन्ता साहले थालेको विद्यार्थी अभिमुखीकरणलाई शिक्षक तथा विद्यार्थीहरुले सकारात्मक र उपलब्धीको रुपमा लिएका छन् । ‘सधै किताबी ज्ञान आर्जन गर्थे,’सहभागी विद्यार्थीहरुले भने,‘त्योसँगै यो पनि अहिलेको परिवेशमा महत्वपूर्ण रहेको लाग्यो ।’ नखाएको बिस पनि लाग्दो रहेको थाहा नभएको उनीहरुको भनाई छन् । अभिमुखीकरणका सहभागीहरुले एकै स्वरमा भने,‘खुल्ला स्थानमा दिशा नगर्ने र कसैलाई गर्न पनि दिने छैनौं ।’
विद्यार्थीहरुलाई चौतर्फी ज्ञान हुनु स्वाभाविक कुरा रहेको नेपाल राष्ट्रिय फुलकुमारी महतो उच्च माध्यमिक बन्दीपुरका प्राचार्य भानु गौतमले बताए । उनले अहिले खुल्ला दिशामुक्त अभियान निकै महत्वका साथ अगाडि बढि रहेको हुनाले यसबारे विद्यार्थीलाई जानकारी हुनु राम्रो पक्ष भएको भने । यस्ता महत्वपूर्ण विषयमा शिक्षासँग सरोकार राख्ने निकायले कार्यनीति बनाएर अघि बढ्नुपर्ने उनले धारणा व्यक्त गरे । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..