» » त्रिपाठीले भन्नुभयो, मधेसको समस्या समाधान नभई देशमा कुनै पनि निर्वाचन संम्भव छैन


कपिलवस्तु पुस २५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसको समस्या समाधान नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दावी गर्नुभएको छ ।

 मधेसको माग पुरा नभएसम्म आफुहरुले कुनै पनि हातलमा चुनाव हुन नदिने चेतावनी उहाँले दिनुभयो ।

तमलोपाले हिजो मानपुर गाविसको सेखुवनिया तालमा राखेको बृहद जन जागरण कार्यक्रममा उहाँले भन्नुभयो, जबसम्म लाडाई जित्दैनौ तबसम्म कुनै चुनाव हुन दिदैनौ ।’

जनताको सहभागीता बिना कुनै हालतमा निर्वाचन  हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई सत्तापक्ष र प्रमुख विपक्ष दुवैले बेवास्ता गरेको र उल्टै मधेसीहरुलाई देशभक्तिसंग जोडेर खिल्लडी उठाएको उहाँले बताउनुभयो ।

पुस्तौदेखि मधेसीहरुले सीमाको रक्षा गर्दै आएकाले मधेसीहरु नै सच्चा देशभक्त भएकाले मधेसीहरुलाई देशभक्तिको कसैबाट प्रमाणपत्र नचाहिने उहाँले टिप्पणी गर्नुभयो ।

अहिले देश गम्भीर मोडमा रहेको र त्यस्तोमा सबै मिलेर जाने बेलामा मधेसीहरुलाई देश टुक्राउने खेलमा लागेको भन्दै आफुहरुको भावनासँग खेलिएको उहाँले गुनासो गर्नुभयो ।

आफुहरुलाई प्रदेशमा शासन र केन्द्रीय सरकारमा साझेदारी चाहिएको उहाँले बताउनुभयो । प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशहरुको बाँडफाँड  हचुवाको भरमा भएको भन्दै आफुहरुलाई सो मान्य नहुने बताउनुभयो ।

मधेसी र थारुहरुलाई लाद्नकालागि कुन मापदण्ड बिना प्रदेशको बाँडफाँड गरिएको उहाँले आरोप लगाउनुभयो । उहाँले आफनो अधिकार स्थापनाकालागि मधेसीहरु लडाई लडन तयार हुनु पर्नेमा जोड दिनु भएको छ ।

जगदीश तिवारीको अध्यक्षता र गंगेशनाथ तिवारीको स्वागत मन्तव्य भएको कार्यक्रममा सांसद मिना थारु, जितेन्द्र शाह, ईकवाल अहमद शाह, पुर्व मन्त्री ईश्वर दयाल मिश्रा, मंगल प्रसाद गुप्ता लगायले मन्तव्य दिनु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..