» » माघी महोत्सवको तयारी पूरा

काठमाडौं, पुस २६ गते ।  ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नाराको साथमा माघि महोत्सव हुने भएकोे छ ।

थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरेर पुस महिनाको अन्तिम दिन अर्थात् २९ तथा माघ १ गते एकता र सद्भावको रुपमा माघि महोत्सवको आयोजना गरिएको संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतका वर्षभन्दा फरक तरिकाले यस पटकको माघी महोत्सव मनाउने तयारी गर्दैछौँ । व्यवस्थापिका संसदकी सभामुख ओन्सारी घर्तीको प्रमुख आथित्यमा सम्पन्ने हुने महोत्सवमा विविध साँस्कृतिक प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।

त्यस्तै मिनराज चौधरीले यो बर्षको महोत्सव समाजको ऐनाको रुपमा आयोजना गरिएको बताउनुभयो ।
साँस्कृतिक संयोजक दिपक चौधरीले माघि महोत्सवको बेग्लैै पहिचान रहेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति पनि कमैया छन्, तिनिहरूले आगामी दिनमा जमिन्दारको घरमा रहेर कामगर्ने या त्यसबाट मुक्त भएर अर्को काममा लाग्ने छिनोफानो हुने गर्दछ ।’

कार्यक्रमको मुलसमारोहको दिन सभामुख लगायत अन्य नेताले सम्बोधन गर्ने आयोजकले बताएको छ ।
महोत्सवमा थारु साँस्कृतिक झाँक्रि र्याली प्रर्दशन, मुल समुद्घाटन, समारोह, विविध थारु साँस्कृतिक प्रर्दशनी, थारु खानपिन प्रर्दशनी एवं बिक्रि बितरण, हस्तकला पुस्कत प्रदर्शन, लगायत पूर्व मेचिदेखि पश्चिम कञ्चनपुरसम्मका थारु भेषभूषा, पहिरन थारु मोडलहरूले प्रस्तुती दिने आयोजकले जनाएको छ ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..