» » ओलीको बोलीले सिके राउत मख्ख


कुनैपनि घटना वा परिघटना होस्, त्यो त्यतिकै भइराखेको हुँदैन । त्यसको खास केही उद्देश्य हुन्छ, र त्यसमा खास स्वार्थ पनि हुन्छ । चाहे त्यसको उद्देश्यले समाजमा राम्रो असर पारोस वा नराम्रो तर हरेक घटना परिघटनामा कहि नकही, कसै नकसैको, कुनै नकुनै स्वार्थ जुटेको हुन्छ ।

जान अन्जानमा पनि कुनै घटना भयो वा कार्यक्रम भयो भने अन्जान रुपमा पनि कसैलाई नकसैलाई फाइदा पुगिरहेको हुन्छ । चाहे सम्बन्धित पक्षलाई जानकारी होस् वा नहोस् । विना जानकारी पनि कुनै कसैले त्यसबाट फाइदा लिइरहेका हुन्छन् ।

देशमा भइरहेको एउटा घटनाले त्यस्तै देखाइरहेको छ । सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको सविधान संशोधन प्रस्तावको विरुद्धमा एमालेले गरेको आन्दोलनले सो पार्टीलाई कति फाइदा हुन्छ, कति बेफाइदा हुन्छ । राज्यलाई कति फाइदा हुन्छ, कति बेफाइदा हुन्छ त्यसको हिसाब किताब हुँदै गर्छ तर एमालेको यो आन्दोलनले सिधै सिके राउतलाई फाइदा भइरहेको छ । एमालेको आन्दोलनबाट यतिखेर सिके राउत मख्ख हुनुहुन्छ । राउतको एउटै चिन्ता छ कि एमालेले आन्दोलन फिर्ता लिएर माआवादी केन्द्र र काँग्रेससँग नमिलि जाओस् ।

एमालेले आन्दोलन यसरी नै गरिरहोस्, मधेशको बारेमा यसरी विष वमन गरिरहोस् भनि सिके राउत चाहिरहनु भएको छ र एमालेले यसलाई कसरी निरन्तरता दिइरहन्छन्, त्यसको उपायको खोजीमा लागि रहनु हुन्छ । उहाँले अहिले २४ घण्टा यसै चिन्तामा हुन्छ कि एमालेले आन्दोलन नछाडोस् । एमालेले आन्दोलन नछाडोस् भनेर सिके राउत र उहाँका कार्याकर्ताले फेसबुकमार्फत भड्काउने काम गरिरहनु भएको छ ।

प्रहरी स्रोत भन्छन्, एमालेका नेताहरुले दिएका अभिव्यक्ति र गरेका आन्दोलनलाई उत्तेजित बनाउने काम सिके राउतका कार्यकर्ताहरुले गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसरी मधेश र मधेशी जनतालाई अपमान हुने गरि अभिव्यक्ति दिइरहनु हुन्छ, त्यसको सिधै फाइदा सिके राउतलाई भइरहेको जानकारहरु बताउँछन् ।

एमालेले मधेश र मधेशी जनतालाई अपमान गरेपछि त्यहाँका जनता पनि भावनात्मक रुपमा आफूलाई अपमानित महसुस गर्दै राज्यसँग घृणा गर्न थालेका छन्, किनभने एमाले पार्टी र त्यसका अध्यक्ष ओली राज्यका शासक हुन् र सिके राउतले त्यसलाई त्यही रुपमा प्रस्तुत गर्दै आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिनुहुन्छ ।
एमालेका अध्यक्ष ओलीले शुरुदेखि नै मधेश आन्दोलनलाई राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डतासँग जोडेर टिक्का टिप्पणी गर्नुभएको छ । मधेश आन्दोलनले देश विखण्डन हुन्छ, देश विभाजित हुन्छ भनि उहाँले आफ्नो भाषणहरुमा नै भन्दै आउनु भएको छ ।

अहिले सरकारले प्रस्तुत गरेको संशोधन विधेयक राष्ट्रको हितमा छैन, यसले देश टुक्र्याउँछ, देशबाट मधेश अलग गर्ने नियतले ल्याएको हो भन्ने कुरा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सार्वजनिक रुपमा मात्र होइन, तीन दलको बैठकहरुमा पनि सो कुरा प्रष्ट रुमपा राख्दै आउनु भएको छ ।

जुन संशोधन प्रस्तावमा मधेशी जनताको अधिकारको कुरा उल्लेख गरिएको छ, त्यसलाई विखण्डनको आरोप लगाएपछि जनता भड्किनु स्वभाविक हो । र, त्यसको फाइदा सिधै सिके राउतलाई हुने गरेको छ ।


पुस ११ गते सिके राउत जनकपुरबाट काठमाडौ आउँदा हवाई जहाजमा नयाँ शक्ति नेपालका एकजना मधेशी नेतासँग भेटभयो । एमालेको आन्दोलन सम्बन्धमा ती दुईजना बीच भएको कुराकानी चाखालाग्दो छ । नयाँ शक्ति नेपालका ती मधेशी नेताले सिके राउतलाई भन्नुभयो, सिके जी अब त तपाईकै बोलबाला हुनेबाला छ, राम्रोसँग तयारी गर्नुस् ।’


 देशको अवस्था हेर्दैछु, अब तपाईकै दिन आउँदैछ भनेपछि सिके राउतले मुस्कुराउँदै ती नेतालाई जवाफ दिँदै भन्नुभयो, एमालेले आन्दोलन गरिराखियो भने हाम्रो आन्दोलनलाई बल पुग्छ, मलाई डर लागि रहेछ कि एमालेले आन्दोलन फिर्ता लिएर तीन दलसँग नमिलोस, तीन दलसँग मिल्यो भने हाम्रो आन्दोलनलाई सहयोग पुग्दैन, एमालेले गरिरहेको आन्दोलनले हामीलाई धेरै सहयोग पुगिरहेको छ मधेशी जनता आक्रोशित भएर हाम्रो आन्दोलनलाई साथ दिइरहेको छ । हामी चाहन्छौ कि एमालेले यस्तै आन्दोलन गरिरहोस् ।’


सिके राउतले देशबाट मधेशलाई अलग गर्नका लागि अभियान चलाइ रहनु भएको छ । उहाँले मधेशमा अहिले विभिन्न किसिमका गतिविधि सञ्चालनमा ल्याउनु भएको छ । उहाँले अहिले मधेश देशका लागि जनमत संग्रहको माग गरिरहनु भएको छ । सिके राउतको यो अभियानलाई एमाले पार्टीको यो आन्दोलनले सहायोग पुगिरहेको मधेशी मोर्चाका नेताहरुको तर्क छ ।


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशलाई विखण्डनतर्फ मधेशी जनताले होइन, एमालेले लगि रहेको आरोप लगाउनु भएको छ । देश विखण्डन भयो भने त्यसको दोषी मधेशी जनता होइन, एमाले हुने पनि चेतावनी दिनुभएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशीमाथि विखण्डनकारीको आरोप लगाउने नेकपा एमालेले नै देश टुक्र्याउने खेलमा लागेको आरोप लगाउनु भयो । मधेशीलाई अधिकार दिन खोज्दा त्यसलाई विखण्डनकारी भन्ने एमालेको नियत के हो, विखण्डनकारी एमाले पार्टीकी मधेशी जनता भनि उहाँले प्रश्न गर्नुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले एमालेको क्रियाकलाप देश विखण्डनतिर जाने टिप्पणी गर्नुभयो । आफ्नो पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्नु हुँदैन अध्यक्ष भण्डारीले एमालेले मधेशी जनतालाई विखण्डनकारीको आरोप लगाइरहेका छन् तर उहाँ आफै त्यस प्रकारको गतिविधिमा लागेको आरोप लगाउनु भयो ।

मधेशी मोर्चाका नेताहरुले विभिन्न कार्यक्रममा दिनु भएका यस्ता अभिव्यक्तिले पनि प्रष्ट हुन्छ कि एमालेले गर्दै आएको आन्दोलनले कुन शक्तिलाई कसरी सहयोग पुगिरहेको छ । एमालेले भारतसँग जोडेर मधेशीमाथि पटक पटक अपानपूर्ण शब्द प्रयोग गर्दै आएको छ ।

यो संशोधन प्रस्ताव भारतको इशारामा आएको भनि एमालेका नेताहरुले हाँकाहाँकी भनिरहनु भएको छ । यसले मधेशी जनतालाई एमाले पार्टी वितृष्णा जागेको छ र यसको फाइदा सिके राउतले लिरहनु भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..