» » दुई शिशुको शव फेला

फाइल फोटो

कैलाली पुस १७ गते । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ ।

स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..