» » आफ्नैलाई सत्तोसर्राप गर्ने रामविलासलाई च्याप्ने

नेपाली राजनीतिकका एकजना चर्चित पात्र हुनुहुन्छ विश्वेन्द्र पासवान । जो बेलाबेलामा केही नकेही गरेर चर्चामा आइरहन रुचाउनुहुन्छ । कहिले संसद सचिवालयबाट कुर्सी फालेर त कहिले आफ्नै लुगा च्यातेर पनि चर्चामा आउनु नै भएको छ ।

केपी ओली सरकारमा मन्त्री भएपछि पनि उहाँ चर्चा आइरहनु हुन्थ्यो । कहिले साइकल चढेर सिहदरवार आउनु त कहिले नेताहलाई साइकल बाँड्नु त कहिले हेलिकप्टर चढेर सोलारवत्तीको उद्घाटन गर्न जानुले पनि उहाँमा चर्चामा आउनु भएको थियो ।

उहाँ ओली सरकारबाट हटेर पनि प्रचण्ड नेतृत्वको सरकारमा जानका लागि निकै कसरत गर्नुभएको थियो । केही दिन प्रचण्ड निवास निकै दौडधुप गर्नुभएको थियो तर विश्वेन्द्र पासवानको व्यवहार बुझेर नै प्रचण्डले उहाँलाई भाव दिनुभएको छैन । भाव नदिएपछि अगुँर खट्टा है भने जस्तै उहाँ पुनः ओली खेमामा नै फर्केर आउनु भएको छ । तर, ओलीसँग बसेपनि उहाँको उछिटो काट्न छाडेका छैन ।

आन्द्रामा समस्या भएपछि उहाँको उपचार नेपालमा सम्भव नभएपछि दिल्ली जानु भएको थियो । दिल्लीको मेदान्त अस्पतालमा उपचार भएको थियो । लामो अप्रेशन गरेको कारण खर्च राम्रै भएको होला । मन्त्री समेत रहेका अवस्थामा उहाँलाई सरकारले उपचार खर्च नदिएको गुनासो अहिले गर्न थालेका छन् । अप्रेशन गरेका फोटो मोवाइलबाट अरुअरुलाई देखाउँदै भन्नुहुन्छ, यी हेर्नुस् यस्तो अप्रेशन भएको थियो, यसमा ७० लाख रुपियाँ खर्च भएको छ, एक रुपियाँ पनि यो नालयक सरकारले दिएको छैन ।’

दिल्लीमा शरद यादव र रामविलास पासवान नभएको भए आफू जिन्दा फर्केर आउन पनि सक्दैन्थ्यो भन्दै उहाँले आफू मन्त्री भएको सरकारले एक रुपियाँ सहयोग नगरेका गुनासो गर्नुभयो । सबै खर्च शरत यादव र रामविलास पसावानले व्यहोरेकाले आफू बाँचेको भन्दै उहाँले सिहदरवारका नेताहरुलाई सुन्ने गरि सिहरदवामा भन्दै हुुनुहुन्थ्यो, यी नालायक नेताहरुलाई म त्यतिकै कहाँ छोड्छु, यी नेताहरुले संघीयताको नाममा देश टुक्राउन लागेको छ, मलाई प्रदेश होइन, देश चाहिन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..