» » अदालतको आदेश उल्लंघन गर्दै प्रहरीद्वारा फोरम नेता पक्राउ


काठमाडौं, माघ १७ गते । अदालतले रिहा गर्न दिएको आदेश उल्लंघन गर्दै प्रहरीले संघीय समाजवादी फोरम नेपालका एक नेतालाई पक्राउ गरेको छ ।

रुपन्देहीका जिल्ला नेता ओमप्रकाश सहनीलाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले आदेश विपरीत अदालत परिसरबाटै पक्राउ गरेको हो । सहनीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

रुपन्देही जिल्ला अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले आज सहनीलाई रिहा गर्न आदेश दिएको थियो । तर, अदालतमा हाजिर गराएको प्रहरीले आदेश उल्लंघन गर्दै अदालत परिसरबाटै पुनः पक्राउ गरी हिरासतमा लिएको छ ।

सार्वजनिक अपराधको अभियोगमा प्रहरीले गत पुस २९ गते सहनीलाई नाटकीय ढंगले पक्राउ गरेको थियो । म्याद थप गर्दै प्रहरीले दुई साता बढी हिरासतमा राखेपछि अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।

सहनीमाथि सार्वजनिक अपराधको अभियोग लगाइए पनि प्रहरीले हालसम्म कुनै ठोस प्रमाण दिन सकेको छैन । सहनीलाई दुई साता बढी हिरासतमा राखेको प्रहरीले अदालतमा हाजिर गराएको थिएन ।

स्रोतका अनुसार, मधेशमा आन्दोलनमा सक्रिय रहेका फोरम जिल्ला नेता सहनीलाई आन्दोलनकै रिसिइबी साध्न प्रहरीले झूठा मुद्दामा फसाएर गैरकानूनी ढंगले हिरासतमा राखेको छ । मधेश आन्दोलनकारीको मनोबल गिराउन प्रहरीले सक्रिय नेता कार्यकर्तामाथि झूठा मुद्दा लगाई यातना दिएको फोरम नेपालको जिल्ला नेतृत्वको आरोप छ ।

गृहमन्त्री विमलेन्द्र निधिले अदालतले रिहा गर्न आदेश दिएको व्यक्तिलाई प्रहरीले पुनः पक्राउ गरिनु गलत भएको बताउनु भएको छ । गृहमन्त्री निधिले प्रहरीले पक्राउ गर्नुको कारण र प्रक्रिया बुझेर सहनीको रिहाईका लागि तत्काल पहल गर्ने आश्वासन दिनु भएको छ ।

रुपन्देहीका सिडिओ विनोद प्रकाश सिंह र एसपी रविन्द्र धानुकले नेकपा एमाले जसमा खासगरी केपी ओली र विष्णु पौडेलको निर्देशनमा फोरम नेपालका नेताहरुमाथि भूmठा मुद्दा लगाई दुःख दिने नियतले पक्राउ गर्ने गरेको उच्च स्रोतको दाबी छ ।

प्रहरी यसअघि फोरम नेपाल रुपन्देहीका जिल्ला सचिव रामअवतार यादवलाई साइबर क्राइमको झूठा मुद्दामा पक्राउ गरी २१ दिन हिरासतमा राखेको थियो । उनी अहिले पनि मुद्दा खेपिरहेका छन् । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..