» » शौचालय निर्माण तथा प्रयोग नगर्नेलाई समाजिक बहिष्कार


सिरहा, माघ १७ गते । तोकिएको समय भित्र शौचालय निर्माण गरी प्रयोगमा नल्याउने व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने सिरहा नगरपालिका सिरहाका स्थानीयले प्रतिबद्धता जनाएका छन् ।

आइतबार सिरहा नगरपालिका द्धारा वडा नं। १७ मा आयोजित वडाको सरसफाई सम्मेलन कार्यक्रममा सहभागि स्थानियले माघ २९ गते भित्र शौचालय निर्माण गरी प्रयोग नगर्नेलाई ५ सय जरिवाना सहित सामाजिक बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिरहा नगरपालिकाको सामाजिक तथा आर्थिक विकासमा साझेदारी गर्ने निकायहरुले १७ नं। वडाको सरसफाइको नाजुक अवस्थालाई साझा चुनौतीको रुपमा स्वकिार गर्दै स्थानियले वडा स्तीय सरसफाई सम्मेलनलाई साझा घोषणा र मार्ग निर्देशनको रुपमा स्वीकार गरेको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले बताउनुभयो ।

समाजको इज्जत प्रतिष्ठाका साथै विभिन्न प्रकारका रोगबाट मुक्त राख्न हरेक घर तथा निकायमा शौचालय प्रयोगको सुनिश्चितता गराई छाड्ने उनले बताउनुभयो ।

जिल्ला विकास समिति सिरहाद्धारा सञ्चालित सिमाक्षेत्र विकास कार्यक्रमको सहयोग र नेपाल रेडक्रस सिरहा शाखाको सहजिकरणमा सिरहा नगरपालिका सिरहाद्धारा आयोजित सरसफाइ सम्मेलन कार्यक्रमको अध्यक्षता वडा नं. १७ का जेष्ठ नागरिक राम प्रसाद भेडवार यादवले गरेका थिए ।

डिवासिसीका सल्लाहकार समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सिरहाका प्रहरी उपरिक्षक शेखर कोइराला, सिमा सुरक्षा बलका प्रमुख चन्द्र भट्ट, रेडक्रसका सभापति राजदेव यादव लगायत विभिन्न संघसंस्था स्थानीय राजनितक दलका प्रतिनिधीहरु सहभागिता रहेको नगरपालिकाका सरसफाई प्रमुख सुरेश चौरवारले बताउनुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..