» » एमालेको विरोधसभामा कसले के भने पढ्नुस् एकैठाम


प्रचण्ड र देउवाले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन चाहेका छन्
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै एमालेका महासविच इश्वर पोखरेलले भन्नुभयो,
–हामी देशभक्त हौं
–देशको विरोधमा उभ्नेलाई कुनै पनि हालतमा छोड्ने बाला छैनौ
–हाम्रो लडाई सविधानको पक्षमा हो
–यो लडाई संसदमा जारी छ
–देशभक्तहरुको जीत सुनिश्चित छ
–प्रचण्ड र शेरवहादुर देउवाले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन चाहेका छन्
–अगिकृतलाई देश प्रमुख पदमा बसाउन चाहन्छ
–हामी त्यो हुन्न दिन्नौ
–सविधान विपरित ल्याएको संशोधन प्रस्ताव संसदमा प्रवेश हुन दिन्नौ


धोती लगाएर सत्तामा बस्नेहरु धेरै कराउँदैछन् 
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले भन्नुभयोे,
–सविधान जारी हुँदैन भन्दै थियो तर तीन दलको सम्झदारीमा आयो ।
–सत्ता लम्ब्याउन प्रचण्ड लाग्नु भएको छ तर एक दुई दिनपछि सिधिदैछन् ।
–हामी अखण्ड नेपाल चाहन्छौ, विखण्डन चाहदैनौ ।
–प्रचण्डले अरुको इशारामा खुट्टा कमाई रहेका छन् ।
–अतिवादको जाल शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् ।
–धोती लगाएर सत्तामा बस्नेहरु धेरै कराउँथ्यो ।
–धोती लगाएर कराउने र टोपी लगाएर कराउनेहरु छन् ।

‘भारतले गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ’
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) का सांसद शिवलाल थापाले भन्नुभयोे,
–राष्ट्रघाती संशोधन प्रस्ताव पेस गरेकै दिनदेखि हामी आन्दोलनमा छौ
–लैनचौरमा तयार गरेर १४ गते राती दर्ता गरेको छ संशोधन प्रस्ताव
–संशोधनमा सबै राष्ट्रघाती कुरा आएको छ
–भारतको परराष्ट्रनीति नेपालको नीति बनेको छ
–मुलुक नै विखण्डन ल्याउने किसिमको यो संशोधन आएको छ
–प्रदेशसभाबाट सिमांकन टुगों लगाउने भनेको छ, त्यसैले प्रस्ताव फिर्ता लिनुस्
–प्रचण्डले नैतिकताको हिसाबले राजिनामा दिनुपर्ने
–यो सरकारको आयु धेरै लामो छैन
–भारतले गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ
–अब हामी चुप लागेर बस्दैनौ
–प्रचण्डले नेपाललाई सिकिमीकरण गर्न खोजेको छ

मधेशी दलले मधेशलाई सत्तामा जाने भर्याङ्ग बनाएको छ–ढकाल
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले भन्नुभयो,
–सरकारले गैरसवैधानिक तरिकाले संशोधन प्रस्ताव पेस गरेको छ
–राष्ट्रिय अखण्डताको विरुद्धमा संशोधन प्रस्ताव ल्याएको छ
–सरकारले मनपरि गर्छन् भने ठिक ठाउँमा ल्याउन जनता तयार छ
–चार नम्बरबाट मधेश र पहाडलाई छुट्याउने काम गरेको छ त्यो सहन सकिदैन
–सिमांकनको विवाद प्रदेशसभाले मिलाउने हो
–आजको यो जनप्रर्दशन राष्ट्रिय एकताका लागि हो
–मधेशी दलहरु बहुसँख्यक जनताको पक्षमा हिजो थिएन र आज पनि छैन
–सत्तामा जाने भय्राङ्ग बनाएको छ मधेशलाई
–यो संशोधन प्रस्ताव मधेशको विरोधमा पनि छ
–सविधान संशोधनको विरोधमा छैनौ तर अहिलेको तत्कालिन अवस्था के हो त्यो गर्नुपर्छ
–पहिलो संशोधनबाट नै मधेशी जनताले आफ्नो अधिकार पाइसकेको छ

चित्रबहादुरले भने,–‘नेपालको अखण्डतामाथिको गिद्धेदृष्टि हामीलाई स्वीकार्य छैन’ 
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयोे,
–मुलकका जनतालाई एमालेलगायतका नौ दलले भरोसा दिइरहेका छन् ।
–हामी सविधान बनाएर कसैको केही विगारेका छैनौ ।
–सविधान जारी भएपछि नेपाली जनताले पाँच महिनाको नाकाबन्दीको समस्या झेल्नुपर्यो ।
–सत्ताधारीले बुझे हुन्छ, ग्रयाण्ड डिजाइन सफल हुन दिदैन ।
–अहिले चार नम्बरबाट पाँच नम्बर अलग गर्यो भोली अरु किन अलग गर्न सकिदैनौ भन्ने छन्
–गणतन्त्र देशलाई टुक्राटुक्रा बनाएर अरु देशमा मिसाउन चाहेका छैन ।
–राष्ट्रियताको सौदावाजी गरेर सत्तामा जानेको अनुहार पनि देखियो ।
–भारतलाई आग्रह गर्न चाहन्छौ, नेपालमाथि हस्तक्षेप नगरौं ।
–भारतीय जनतासँग कुनै टक्कर छैन, भारतीय शासकसँग छ ।
–प्रचण्डले नेपाली जनताको कलेजो काटेर उता बुझाउन चाहेका छन् त्यो अब सम्भव छैन ।
–झापा काँकरभिट्टा छुटाए मात्र चुनावमा जाने भनेका छन् मधेशी मोर्चाका नेताहरु ।
–पाँच नम्बर प्रदेश टुक्राउन हुँदैन भने जनताले महिनौदेख लडिरहेका छन् ।
–यी सब सत्ताका लागि गरेका छन् ।
–नेपालको अखण्डतामाथिको गिद्धेदृष्टि हामीलाई स्वीकार्य छैन

काँग्रेस, माओवादी दलहरु भारतको पिछलग्गु भएको आरोप
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले भन्नुभयो,
–यो संशोधनले अंगिकृतसँख्या बढाउनेछ
–यो संशोधनले हिमाल र पहाडलाई राष्ट्रसभामा कम प्रतिनिधित्व गराउने रणनीतिमा आएको छ
–भारतीय रअका आर के यादवले आफ्नो पुस्तकमा तराई मधेशलाई नेपालबाट अलग पार्ने उल्लेख गरेको छ ।
–प्रदेश नम्बर दुईलाई हिमाल र पहाडसँग जोड्नुपर्छ
–संशोधन प्रस्ताव सविधान अनुकुल नभएका कारण हामी आन्दोलनमा छौ
–काँग्रेस, माओवादी दलहरु भारतको पिछलग्गु भएको छ
–यो संशोधन गर्नका लागि कुनै प्याकेजमा सहमति गर्नुहुँदैन
–राजदूत रञ्जितले दिवा भोज दिएर संशोधन प्रस्ताव पारित गर्न भनिएको थियो
–भारतको शासकको योजनामा आएको विधेयक कुनै पनि हालतमा पारित हुँदैन
–स्थिर सरकारका लागि कार्यकारी राष्ट्रपति हुनुपर्छ
–हामीले पनि संशोधन प्रस्ताव राखेका थियौं तर हाम्रो किन भएन ?
–भारतीय हस्तक्षेप बन्द गर


सिपी मैनालीले भन्नुभयोे, नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको सविधान बारेमा गलत सूचना दिए
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (माले) का महासचिव सिपी मैनालीले भन्नुभयोे,
–सविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए
–सविधान जारी भएरै छाड्यो
–सविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौ
–भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको सविधानलाई विरोध गर्यो
–नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो
–भारतका नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको सविधान बारेमा गलत सूचना दिए
–नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन
–भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ
–भारतले नेपालाई फिजिकरण गर्ने, सिकिमीकरण, भुटानीकरण गर्ने जस्ता काम गर्न थालेका छन्
–प्रदेशसभाको सहमति बेगर सिमांकन हेरफेर गर्न सक्दैन भन्ने सविधानमा उल्लेख छ
–प्रदेशसभाको अधिकारलाई मिच्ने काम गरिरहेको छ
–यो सविधान संशोधन प्रस्ताव गैरसवैधानिक छ
–सर्वोच्चले १८ गते जुन आदेश दिएको छ, शक्तिपृथकीकरणका कारण संसदमा बहस नगर्न भन्न सक्दैन
–प्रदेशसभाको अधिकार मिचेर सविधान संशोधनको प्रस्ताव आइरहेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौ


ओलीले भन्नुभयो, हिन्दी भाषा आयो भने सबभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ 
एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्नुभयोे,
–सविधान जारी भएको छ तर कार्यान्वयन भएको छैन
–कार्यान्वयका लागि निर्वाचन हुनुपर्छ
–तोकिएको समयमा चुनाव भएन भने सवैधानिक संकट आउँछ
–त्यसमा हामी गम्भीर छौ
–निर्वाचन गराउनका लागि ११ महिना पनि बाँकी छैन
–अहिलेको सरकार निर्वाचनको चासो छैन, आयु लम्ब्याउनमा लागेका छन्
–अनुचित चासोका लागि निर्माण भएको सरकार
–कुनै सरोकार नभएका विषय सविधान संशोधन गराउन चाहेका छन्
–अहिले प्रस्ताव गरिएको संशोधनले निर्वाचनलाई कहि सहयोग गर्दैनन्
–हिजो सविधान जारी गर्न नदिनेहरु, सविधान जलाउनेहरु, च्यात्नेहरु सविधान संशोधन माग गरिरहेका छन्
–राष्ट्रपतिको समक्ष पनि यो सविधान संशोधनको पक्षमा सर्वोच्चको आदेश आएको भन्छन्
–सविधान संशोधनको नाममा तासको पत्ता पछारे जस्तै गरेको छ
–सविधानको धारा ६, ७ र ११ ८६ र २८७ र अनुसुची चार संशोधन गर्ने भनेको छ
–मैथली, भोजपुरी, अवधीलाई समाप्त पारेर हिन्दी भाषालाई ल्याउने षड्यन्त्र भएको छ
–हिन्दी भाषा आयो भने सबभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ
–विहान आएका दुल्हीले दिउँसो झण्डा फरहाएर घर फर्कन्छ यो संशोधनले
–अन्तराष्ट्रिय माथिलोसभा जहाँ पनि प्रदेश प्रदेशबाट आउँछन्, जनसँख्याको आधारमा आउँदैन
–तर नेपाललाई गज्यामज्यागमा पारेर विभाजन गर्न खोजेका छन
–सविधान संशोधन गर्नुपर्छ, आवश्यकता र औचित्यको आधारमा
–जनताको प्रप्ता गरेका अधिकार उपभोग गर्न यो संशोधन प्रस्ताव आएको छैन
–प्रधानन्यायधिशले सल्लाह दिनुभयो रे संशोधन प्रस्ताव अगाडि बढाउनु भो
–त्यो प्रधानन्यायधिशको कुरा होइन, सर्वोच्चको कुरा होइन
–प्रचण्डले गैरजिम्मेवारी अभिव्यक्ति दिदैछ
–यो देशभक्तिको आन्दोलन हो
–देशलाई समृद्धिको बाटोमा डोर्याउन यो आन्दोलन हो
–तराईवासी जनता पनि यो आन्दोलनमा आएका छन्
–तराईको नाममा राजनीतिक गरि दुनु सोझ्याउनेहरु यो सभामा तराईवासीको सहभागिता हेरोस्
–मधेशी दलले ११ सीट जितेका छन् एमालेले ४० सीट जितेका छन्
–फागुनमा तराई अभियान लिएर तराइमा जाँदैछौ
–अब तराईका जनतालाई अलमल्याउन पाइदैन
–एमालेले राष्ट्रहितलाई तलमाथि हुन दिँदैन

स्रोतःरातोपाटी

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Gajab ko rastrabad. Birgunj ma garnu parne ho yedi yo sachikai Ras trabad Nai ho vanne. Madesh ko janta le bujh tyo ki. Eh hunna clear Nepal ka jatiya dowand garanaune. Desh lai divide garna soch..

    ReplyDelete

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..