» » मधेशी मोर्चासँगको वार्ता निष्कर्ष विहिन



काठमाडौ माघ १७ गते । आज माओवादी केन्द्र, नेपाली काँग्रेस र मधेशी मोर्चाबीच भएको छलफलमा कुनै सहमति बन्न सकेन ।
प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा र संशोधन विधेयक सँगसँगै लैजाने त्यसमा मधेशी मोर्चाका नेतालाई सहयोग गर्न आग्रह गरेपनि मधेशी मोर्चाका नेताहरुले मान्नुभएन ।
जबसम्म संशोधन विधेयक परिमार्जनसहित पारित हुँदैन तबसम्म निर्वाचनको मिति घोषणा गर्न नहुने भन्दै मधेशी नेताहरुले अडान दोहोर्याएका थिए
मधेसी मोर्चासहित सत्तारुढ दलको बैठक विना निश्कर्ष सकिएको छ । चुनावको मिति घोषणा गर्ने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा मधेसी मोर्चा आफ्नो पुर्ववत अडानबाट पछि नहटेपछि बैठक विनानिश्कर्ष सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।


मोर्चाले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने अडान राख्दै आएको छ ।

सविधान संशोधन विधेयक पारित हुने कुरामा ढुक्क रहन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्दै निर्वाचनको मिति घोषणा गर्नमा सहयोग गर्न आग्रह गरेपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुबाट अब सहयोगको अपेक्षा नगर्न आग्रह गर्नुभएको थियो ।
हामीले जे जति सहयोग गर्नुपर्ने थियो, गर्यौं अब सम्भव छैन, उहाँले प्रधानमन्त्री प्रचण्डलाई भन्नुभयो, सविधान संशोधन भएपछि मात्र अरु विषयमा कुरा गर्छौ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केद्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागि थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..